काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा मन्त्री बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्री बनाएका हुन् । राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री ओलीको सिफारिसमा रघुजी पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेको जनाएको छ।
शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई शिक्षा मन्त्री बनाएका हुन् ।
पन्तले भोलि (बिहीबार) सपथग्रहण गर्ने कार्यक्रम छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले आज नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन् ।
