काठमाडौं । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएका छन् ।
आइतबार दिउँसो १ बजेतिर तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामीहरुको भागदौड मच्चिएको थियो । पहिरोमा पुरिएर तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।
शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो।
बेपत्ता हुनेहरुमा हेमराजका बुबा कालीबहादुर शाही, धनबहादुर शाही, क्षेत्रजंग शाही, खगेन्द्र शाही, भेषबहादुर शाही, धन शाही, अलि शाही, खेमराज शाही, भक्तबहादुर शाही, मोतिलाल शाही, परबहादुर शाही, नरेश शाही र प्रशान्त शाही छन्।
बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।
