Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मानव-वन्यजन्तु द्वन्द्व बढ्दै, १४ बालबालिकाले ज्यान गुमाए

    मानव-वन्यजन्तु द्वन्द्व बढ्दै, १४ बालबालिकाले ज्यान गुमाए

    By सूचनापाना२२ कार्तिक २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दमौली । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा अघिल्लो मङ्गलबार साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । घर नजिक रहेको गोठबाट चितुवाले आक्रमण गर्दा आठ वर्षीय अभिनव कुँवरको ज्यान गयो । उनको शव घरभन्दा दुई सय मिटर टाढा जङ्गलमा फेला परेको थियो ।

    SuchanaPana.com

    बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा गत कात्तिक ४ गते चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भयो । बिहान ६:३० बजे घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा बालिका चितुवाको आक्रमणमा परेकी थिइन् ।

    एकै महिनामा भएका यी दुई घटना प्रतिनिधिमूलक मात्र हुन् । तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आतङ्क बढ्दै जान थालेको छ । घरआँगनबाटै बालबालिका चितुवाको सिकार हुन थालेपछि सर्वसाधारण त्रसित छन् ।

    व्यास-१२ छिर्कनेका विष्णु पाण्डे घरछेउमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको बताउँछन् । उनले भने, ‘कतिबेला चितुवाले आक्रमण गर्ने हो भन्ने त्रास बढेसँगै साँझ पर्न थालेपछि मानिसहरुलाई घरबाहिर निस्कन डर हुन थाल्यो ।’

    मङ्गलबार साँझ आठ वर्षीय बालकलाई चितुवाले आक्रमण गरेको थाहा पाउनेबित्तिकै स्थानीयवासी दौडिए पनि बालकलाई बचाउन नसकिएको उनले बताए । ‘चितुवाले आक्रमण गरेको थाहा पाउनेबित्तिकै पछिपछि दौडिँदै गएका थियौँ, तर बालकलाई बचाउन सकिएन,’ पाण्डेले भने ।

    व्यास-१२ सँगै सीमा जोडिएको बन्दीपुर गाउँपालिकामा विगत चार महिनामा चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बन्दीपुरमा अझै पनि चितुवाको त्रास कायमै छ । बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले भने, ‘चितुवा नियन्त्रणका लागि चाररपाँच ठाउँमा खोर राखेका छौँ, तर पनि चितुवा नियन्त्रणमा आउन सकेको छैन ।’ बन्दीपुरमा चितुवाको त्रासले बिहान झिसमिसे उज्यालो र साँझ परेपछि सर्वसाधारणलाई बाहिर ननिस्कन सचेतना जगाउँदै आएको श्रेष्ठले बताए ।

    विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट बन्दीपुर-१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका-४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका-१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

    तनहुँमा पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउँछन् । उनले भने, ‘यहाँ चितुवा र मानवबीच द्वन्द्व बढिरहेको छ, चितुवाको आक्रमणबाट बालबालिका सिकार भइरहेका छन् । चितुवाबाट बच्ने प्रमुख उपाय भनेको सतर्कता हो ।’

    चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न काफ्लेले आग्रह गरे । ‘चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिडौँ,’ काफ्लेले भने, ‘बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।’

    सञ्चारमाध्यमले पनि चितुवाको आक्रमणबाट बच्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनले आग्रह गरे ।

    मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको बताइन्छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ ।

    ‘तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला(बेलामा जानकारी गराउँदै आएपनि चितुवा आक्रमण न्यूनीकरण हुन सकिरहेको छैन,’ डिभिजन वन प्रमुख काफ्लेले भने, ‘चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।’

    जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । ‘वन जङ्गलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ,’ उनले भने, ‘त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।’

    काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । सानो बच्चा साथमा भएको अवस्थामा, बुढो वा घाइते भई शिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको बताइन्छ ।

    कार्यालयले चितुवा आक्रमणबाट बचाउन विभिन्न ठाउँमा चेतनामूलक कार्यक्रम पनि गरेको थियो । तर पनि चितुवाको आक्रमण रोकिन सकेको छैन । मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिँदै आएको वन कार्यालयले जनाएको छ ।

    १४ बालबालिकाले ज्यान गुमाए

    चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

    चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका(३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका(४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका(२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भानु नगरपालिका(२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका-१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका(२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।

    त्यस्तै २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका-३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका-१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका-४ लोहीपाखाका दश वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका-२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको थियो ।

    यसैगरी २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका-१ बोडीस्वाँराका पाँच वर्षीय सुप्रिम बगाले, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका-३ का ११ वर्षीया विना चेपाङ, कात्तिक १५ गते व्यास नगरपालिका-१२ का आठ वर्षीय अभिनव कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    झाडी फाडेर फलफूलखेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय…

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.