Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कर्णालीका मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न- अन्य बालबालिका जस्तै हामी किन पढ्न पाउँदैनौँ ?

    कर्णालीका मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न- अन्य बालबालिका जस्तै हामी किन पढ्न पाउँदैनौँ ?

    By सूचनापाना२८ भाद्र २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सुर्खेत ।  कर्णाली र सुदुरपश्चिम आसपासका जंगलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय समयको चक्रसँगै परिर्वतन हुँदै आएका छन् । अन्य समुदायको नजिक नै पर्न नरुचाउने याे समुदाय अहिले आफ्ना समस्याबारे सरकारसँग प्रश्न गर्न थालेका छन् । 

    SuchanaPana.com

    यही क्रममा राउटे समुदायका बालबालिकाले बालअधिकारको हतहितको लागि कर्णालीका मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । लोपोन्मुख राउटे समुदायका एक बालकले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग फोनमार्फत आफ्ना हकहितसम्बन्धी मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए ।

    दैलेखको भगवतीमाइ गाउँपालिकाबाट फोनमार्फत राउटे बालक सुविन शाहीले अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ  ?,’  सरकारले हाम्रा लागि पनि योजना किन ल्याउँदैन ?, ’ भन्दै जवाफ मागे । 

    शाहीको प्रश्नमा मुख्यमन्त्री शाहीले राउटे बालबालिका पढ्न चाहेको खण्डमा आफूहरू विद्यालयसमेत खोलिदिन तयार रहेको बताए । ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन्,’ उनले भने, ‘तपाईहरू पढ्न तयार भएको खण्डमा हामी घर पनि बनाईदिन तयार छौँ तर मान्नुहुन्न ।’

    मुख्यमन्त्री शाहीकै गृहजिल्ला हुम्लाका एक बालकले आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको बताए । जवाफमा मुख्यमन्त्री शाहीले केही जिल्लामा पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

    कार्यक्रममा सुर्खेतका सारिका प्रधान र दर्पण शाहीले निजी र सरकारी विद्यालयबीच सरकारले किन विभेद गरिरहेको भन्दै प्रश्न गरेका छन् । उनीहरूको प्रश्नमा मुख्यमन्त्री शाहीले निजी विद्यालयले निजीस्तरबाट विभिन्न सुविधासहित नाफामूलक ढंगले खोलिएका कारण सरकारले सामुदायिकभन्दा कम सुविधा दिने गरेको बताए ।

    यस्तै, बालबालिकाले बालश्रम, बालविवाह, प्रदेशभर स्वास्थ्य सेवा उपलब्धतालगायत विषयमा पनि प्रश्न गरेका छन् । उनीहरूले राखेको जिज्ञासाबारे जवाफ दिँदै मुख्यमन्त्री शाहीले जनचेतनाको अभावका कारण कर्णालीमा बालविवाह न्यूनिकरण हुन नसकेको स्वीकारे गरे ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    झाडी फाडेर फलफूलखेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय…

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.