Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नवौँ राष्ट्रिय खेलकुद : कर्णालीमा भेट्ने सन्देशसहित पोखराबाट समापन

    नवौँ राष्ट्रिय खेलकुद : कर्णालीमा भेट्ने सन्देशसहित पोखराबाट समापन

    By सूचनापाना४ कार्तिक २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरा केन्द्रित भएर आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद समग्रमा भव्य रह्यो । विगतमा दुई पटकसम्म मिति घोषणा भएर पनि रोकिएको राष्ट्रिय प्रतियोगिता पोखरा र गण्डकी प्रदेशका आठ जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म उत्साहपूर्णरुपमा आयोजना भएको थियो ।

    SuchanaPana.com

    प्रतियोगिताले सहभागी खेलाडी, प्रशिक्षक र आयोजकमा उत्साह थप्यो भने चार दशकपछि पोखराले खेलकुदको कुम्भमेला आयोजनाको अवसरलाई राम्रैसँग सदुपयोग गरेको छ । प्रतियोगिताका ३६ वटै खेल तोकिएको समयमा, तोकिएकै स्थानमा सम्पन्न भए । खेलाडीहरुले लामो समयपछि आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर पाउनु र केही राष्ट्रिय कीर्तिमान बन्नुले राष्ट्रिय खेलकुद खेलाडीका लागि विशेष रह्यो ।
    
    खेलाडीले खेल्न पाए, खेल क्षेत्र चलायमान बन्यो । प्रतियोगिताकै कारण पोखरा बाहिर पनि केही खेल पूर्वाधार थपिए । पोखराले प्रवद्र्धनको राम्रो मौका पायो । नवौँको तयारीका लागि देशभर भएका छनोट प्रतियोगिताहरुले लामो समय सुनसान बनेको खेल क्षेत्रलाई चलायमान समेत बनायो ।
    
    ठूला चाडपर्वको मुखमा छोटो तयारीमा पनि पोखराले भव्य प्रतियोगिता आयोजना गरेर सम्पूर्ण देशलाई नै सकारात्मक सन्देश दिन सफल भयो । सरकारले गत जेठ दोस्रो साता मिति घोषणा गरे पनि बर्खायाम लगायतले तयारीका लागि लामो समय थिएन । यसबीचमा ठूलो चाड दसैँ आयो र दसैँको लामो झरीले पनि चुनौती थपेका प्रतियोगिता सुरुपछिका दिनमा मौसमले पनि साथ दिएकाले आयोजना सफल भयो । छ हजारभन्दा बढी खेलाडी र अफिसियल, खेल पदाधिकारी तथा प्रशिक्षक, रेफ्री र खेलाडीका अभिभावकसमेत गरी १० हजारभन्दा बढीको जमघट पोखरामा भयो पर्यटकीय सहरमा आयोजनाको खेलकुदको कुम्भ मेलाले पोखराको पर्यटकीय प्रवद्र्धनसहित यहाँको अर्थतन्त्र चलायमान बनाउन मद्दत पुगेको छ भने आर्थिक गतिविधि यसबाट वृद्धि भएका छन् । यससँगै राष्ट्रिय खेलकुद आयोजनाका केही तीता अनुभव पनि रहेका छन् । 
    
    राष्ट्रको गौरवसँग जोडिएको प्रतियोगितामा समस्या, अभाव र अव्यवस्था पनि देखियो । प्रतियोगिताकै क्रममा खेल्दै गर्दा एक जना पोखरेली प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा परी भएको मृत्युले सबैमा पीडा पनि दियो । खेलाडीले समयमै खेल सामग्री पाएनन् । खेल सुरु हुँदासम्म मैदानको स्तरोन्नति बाँकी नै रह्यो । खेल सामग्रीको गुणस्तरमा प्रश्न उठे । सङ्घीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय खेलकुदमा सङ्घ र प्रदेशबीच समन्वयको अभावले गर्दा अझ राम्रो गर्न सकिने सम्भावना रहेपनि त्यसो हुन सकेन ।
    
    सङ्घीयताको मर्मभन्दा बाहिर गएर राष्ट्रिय खेलकुद आयोजनामा सङ्घ हाबी भएको, सङ्घकै खटनपटन चलेका जस्ता गुनासाहरु पनि यस बीचमा बग्रेल्ती रहेपनि समग्रमा राष्ट्रिय खेलकुदले आफ्नो लक्ष्य हासिल गरेको छ । राष्ट्रिय खेलकुद समग्रतामा आफ्नो उद्देश्य हासिल गर्न सफल भयो, आगामी दिनमा यस प्रतियोगिताले निरन्तरता पाउँछ भन्ने सकारात्मक सन्देश पोखराबाट प्रवाह भएको छ । 
    
    पोखराबाट दशौँ राष्ट्रिय खेलकुद मिति घोषणा भइसकेको छ । आगामी विसं २०८१ मङ्सिर २ देिख ९ गतेसम्म कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद गर्ने घोषणा गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले कणालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीलाई दशौँको झण्डा हस्तान्तरण गरेपछि प्रतियोगिताकोे निरन्तरताको सन्देश पोखराले दिएको छ । 
    
    पोखराका पूर्वअग्रज खेलाडी एवं हरिप्रसाद पराजुली समग्रमा नवौँ राष्ट्रिय खेलकुद भव्य बनेको बताउछन् । नवौँका लागि भनेर पोखरामा बन्नुपर्ने केही खेल पूर्वाधार निर्माण नभए पनि प्रतियोगिता आयोजना भएर खेल सञ्चालन हुनु र यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनु सकारात्मक भएको उनको अनुभव छ । उनले भने, “नवौँ राष्ट्रिय खेलकुदले छोटो समयमा पनि चहलपहल ल्यायो, वित्तिय स्रोत परिचालन भयो र यहाँको आर्थिक अवस्थालाई राम्रो बनाउन सहयोग पुगेको ।  अन्य जिल्लाहरुले अपनत्व लिएका छन्, विगतमा रोकिए पनि अव निरन्तर हुन्छ भन्ने सकारात्मक पाटो यसले दिएको छ ।”
    
    पूर्वाधार निर्माणमा भने पोखरा र गण्डकी प्रदेशले गर्व गर्ने ठाउँ नरहेको भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्षसमेत रहनुभएका पराजुली बताउछन् । विसं २०४० मा निर्माण पूर्वाधारले नवौँ सम्पन्न भएको छ । 
    
    राष्ट्रियका लागि भनेर पौडी पोखरी, सुटिङ रेञ्ज निर्माण लगायतका पूर्वाधार बनाउने योजना रहेपनि यसबीचमा बनेनन् । “पोखरामा खेल पूर्वाधार त्यसमा थपिनुपर्ने थियो, केहीको अपग्रेट हुनुपर्नेमा भएन । नवौँ खेलकुदको निहुँमा थप केही भएन । खेलाउनका लागि केही व्यवस्था गर्ने काम मात्र भयो, नवौँका माध्यमबाट पूर्वाधार बनेन्”, पराजुलीले भने ।
    
    अग्रज खेलाडी पराजुली दशौँको मिति घोषणा भइसकेकाले राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्ले आजैदेखि दशौँका लागि योजना बनाउनुपर्ने आवश्यकता ठान्छन् । जहिले पनि अन्तिम समयमा आएर मात्र तयारीका काम गर्दा कमजोरी रहने भएकाले आआफ्नो जिम्मेवारीको काम सम्बन्धित निकायले थालनी गर्नुपर्ने उनको भनाइ छ । 
    
    पहिलादेखि नै पूर्वाधारको व्यवस्था, खेलाडीलाई तालिम, प्रशिक्षक र अभ्यासको निरन्तरता तथा प्रतियोगिताहरु निरन्तर हुँदा मात्र राष्ट्रिय खेलकुद भव्य हन्छ । पराजुलीले भने, “पोखराले दिएको सन्देश दशौँको तयारी अहिलेदेखि नै सुरु गर भन्ने हो । सम्बन्धित खेल सङ्घले पनि आफ्नो खेलको राष्ट्रिय प्रतियोगिता गराउनुपर्दछ । यसले मात्र राष्ट्रिय खेलकुदको रौनक आउँछ ।”

    गण्डकी प्रदेशमा नियमित भएको भए डेढ वर्षअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुनुपर्ने थियो । सरकारले २०७७ सालको फागुन अन्तिम साताका लागि मिति घोषणा गरे पनि कोरोना महामारीका कारण प्रतियोगिता तोकिएको मितिमा हुन सकेन । त्यसपछि गत जेठमा पुनः प्रतियोगिताको मिति घोषणा भएपनि स्थानीय तहको निर्वाचनको तयारीले राष्ट्रिय खेलकुदका लागि तयारी पुगेन र मिति सार्नु प¥यो ।

    प्रदेश खेलकुद परिषद् गण्डकीका निर्वतमान सदस्य सचिव तेजबहादुर गुरुङले  कोभिडको महामारीले सुस्ताएको खेल क्षेत्रलाई राष्ट्रिय खेलकुद प्रतियोगिताले चलायमान बनाएको बताए। प्रतियोगितामा केही राम्रा रेकर्ड कायम हुनु र यहाँको पर्यटनका लागि समेत राष्ट्रिय खेलकुदले सकारात्मक सन्देश दिएको उनी बताउछन् ।  
    
    प्रतियोगितालाई अझै राम्रो गर्नसक्ने अवस्था रहे पनि पनि समन्वयमा भने कमी देखिएको उनी बताउछन् । उनले भने, “चुनौतीका बीचमा पनि राष्ट्रिय खेलकुद सफल भयो । केही राम्रा रकेर्ड बन्नु सकारात्मक पक्ष हो ।”
    
    निर्वतमान सदस्य–सचिव गुरुङको अनुभवमा प्रतियोगिता व्यवस्थापनमा निकै कमजोरी देखियो । त्यसैगरी प्रदेशलाई व्यवस्थापकीय कुराहरुमा प्रत्यक्ष सङ्लग्न हुनबाट बञ्चित गरिएकाले पनि अझै राम्रो गर्ने ठाउँ हुँदाहुँदै पनि हुन सकेन । उनले भने,“खेल सामग्री, खेलभित्रको प्राविधिक कुरादेखि खेल मैदान तयारीमा धेरै समस्याहरु निस्किए ।”

    विभिन्न खेल विधामा कीर्तिमान

    पोखरामा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा कीर्तिमानको ओइरो नै लाग्यो । खेलाडीहरुले खुलेर आफ्नो खेल कौसल प्रदर्शन गरेपछि नयाँ नयाँ कीतिमान कायम भए । लामो समय आफ्नो प्रतिभा देखाउन नपाएका खेलाडीले एथलेटिक्स, टेनिस, पौडी, भारोत्तोलन लगायतका खेल विधामा राष्ट्रिय रेकर्ड कायम गर्न सफल भए ।
    
    प्रतियोगितामा एथलेटिक्सतर्फ नेपाली सेनाका जयरानी थारुले पाँच स्वर्ण पदक जित्न सफल भए । एथलेटिक्सको पाँच प्रतिस्पर्धामा सहभागी उनले तीनवटा राष्ट्रिय कीर्तिमानसहित पाँचवटैमा स्वर्ण जिते। 
    
    त्यसैगरी टेनिसमा नेपालको पहिलो वरियताका खेलाडीसमेत रहनुभएका अभिलाषा विष्टले सर्वाधिक चार स्वर्ण जितेर राष्ट्रिय कीर्तिमान बनाए । सेनाबाट खेलेकी अभिलाषाले टेनिसको ‘महिला एकल’, ‘महिला युगल’, ‘मिक्स डबल्स’ र ‘टिम इभेन्ट’मा गरी चार स्वर्ण पदक जितिन् । उनी टेनिसमा एकै व्यक्तिले चार स्वर्ण जित्ने पहिलो कीर्तिमानसमेत बनाएकी हुन् । यसैगरी नेपाल प्रहरीका तारादेवी पुनले नवौँ राष्ट्रिय खेलकुदको भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान  बनाईन् ।  
    
    उनले महिला ८१ केजी तौल समूहमा ‘स्न्याच’ र ‘क्लिन एण्ड जर्क’मा गरी तीन वटा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सेनाका एथलेटिक्स खेलाडी सोमबहादु कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाए । उनले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै आफ्नो पक्षमा रेकर्ड राखे।
    
    राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला एक मिटर दौडमा पनि यसपटक राष्ट्रिय कीर्तिमान कायम भएको छ ।  सेनाका सरस्वतीले चौधरीले पुरानो रकर्ड भङ्ग गर्दै आफ्नो नाममा रेकर्ड राख्न सफल भईन् ।  
    
    यसैगरी नेपाल प्रहरीका चन्द्रकला लामगाडेले ज्याभलिनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । उनले यसअघि शटपुटमा पनि स्वर्ण जितेकी ज्याभलिनमा कीर्तिमान बनाएकी हुन् । त्यस्तै चार सय मिटर महिला दौडमा एपिएफका रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमान बनार्यन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । भारोत्तोलनको ८१ किलो तौल समूहमा पुलिसका विकास थापाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक आफ्नो नाममा लेखाए । उनले ‘क्लिन एण्ड जर्क’मा १३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान बनाए । 

    आर्मीको च्याम्पियनमा ह्याट्रिक

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक एक सय ७२ स्वर्ण पदक जितेर च्याम्पियन बन्यो ।  आर्मी लगातार तीन संस्करणमा च्याम्पियन बनेको हो । यसअघि सातौँ र आठौँ राट्रिय खेलकुदमा च्याम्पियन बनेको आर्मीले ह्याट्रिक पूरा गरेको छ । प्रतियोगितामा सेनाले स्वर्ण एक सय ७२, रजत एक सय १० र ८९ कास्य गरी तीन सय ७१ पदक जितेर च्याम्पियन बनेको हो ।
    
    पहिलोपटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण ७२ रजत र ८२ कास्यसहित दुई १९ पदक जितेर द्वितीय भएको छ ।
    
    नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजतसहित कूल एक सय ९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशमध्ये पहिलो हुन सफल भयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित एक सय २० पदकसहित समग्रमा चौथो भएको छ । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदकसहित एक सय ४५ पदकसहित पाँचौँ स्थानमा रहन सफल भयो ।
    
    प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ ।  सुदुरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित ६३ पदक जित्न सफल भयो । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले १० स्वर्ण नौ रजत र सात कास्य गरी कूल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । यस्तै मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक जितेको छ । 
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.