सिन्धुपाल्चोक । नेपाल सोतोकान कराते संघ जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजनामा प्रथम बाग्मति प्रदेश स्तरिय २ दिने सोतोकान कराते प्रतियोगिता जुगल गाउपालिकाको ढाँडेमा सम्पन्न भएको छ ।
पौष १५ र १६ मा संचालन भएको बागमति प्रदेश स्तरीय प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरलिकाकाे टिमले प्राप्त गरेको छ भने जुगल गाउँपालिका शाखा डोजो दोस्रो र मेलम्ची नगरपालिका तेस्रो हुन सफल भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले खेलाडीहरु प्रथमलाई रु ३० हजार, द्दीतीयलाई २० हजार र तृतीयलाई १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरेका हुन् ।
खेलमा खुल्ला तौल तर्फ रेश्मा रानामगरले स्वर्ण पदक हात पारिन् भने ५० के .जि तौल तर्फ पनि रानामगरले नै स्वर्ण पदक हात पारिन् । त्यस्तै ३५ के. जि तौल तर्फ संचिता चौलागाई, ५५ के. जि तौल तर्फ रोजन रानामगर, ४० के. जि तर्फ सुबास श्रेष्ठले स्वर्ण पदक हात पारे ।
त्यस्तै ५० के. जि तौल तर्फ सुनिता तामाङ, ३५ के. जि तौल तर्फ अनुज गहतराज र रोजिना तामाङले रजत पदक हात पारिन् ।
त्यस्तै अन्जन पुरीले २ कास्य पदक हात पारिन् ।
रोजन श्रेष्ठले खुल्ला तौल तर्फ कास्य पदक हात पारे ।
६० केजि तौल तर्फ रन्जित मैनाली, बिजय तामाङले कास्य पदक हात पारे भने ३०के. जि तौल तर्फ सन्दिप पुरी र ४० के. जि तौल तर्फ दिया तामाङले कास्य पदक हात पारेकी हुन् ।
त्यस्तै प्रतियोगितामा बाह्रबिसे नगरपालिकाको खेलाडी अनुशासित छनोट भएका छन् । महिला खेलाडीमा काठमाडौका सम्झना भुजेल र पुरुष तर्फ सुवास श्रेष्ठ उत्कृष्ट खेलाडी छनोट भई पुरस्कृत भएका छन् ।
२०७३ सालमा आयोजित नबौँ एन एस के ए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सामेल भई स्वर्ण पदक हासिल गरेको जुगल गाउँपालिका ४ का देबेन्द्र लामिछाने (बिमल) र २०६९ सालमा आयोजित नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक हासिल गरेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ का बिजय श्रेष्ठलाई सम्मान गरिएको छ ।

कार्यक्रमका अतिथि र रेफ्रीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने आर्थिक सहयोग पु¥याउनेहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
