काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक कमिटीले आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।एन्फाले केसीलाई प्रशिक्षक नियुक्ति गर्ने निर्णय मंगलबार नै गरेको हो ।
मेघराज केसी नेपालको युथ फुटबलमा अनुभवी प्रशिक्षक हुन् ।उनले यसअघि उमेरसमूहका सबैजसो राष्ट्रिय टोली प्रशिक्षण गरिसकेका छन् । सन् २०१२ मा ग्राहम रोवर्टसले राष्ट्रिय टोलीको प्रशिक्षण संहाल्दा सहायक प्रशिक्षक बनेका केसीले यू–१४, यू–१७ हुँदै दुई वर्ष अघि नेपालको यू–१९ टिम संहालेका थिए ।