काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर सशस्त्र प्रहरीको एपीएफ क्लबले बलिङ गर्दैछ ।
आर्मीका सोमपाल कामीलाई खेल्न दिने सहमति भएपछि ढिला गरी टस भएको हो । उनको सहभागितालाई लिएर विवाद हुँदा खेलमा ढिलाइ भएपछि ५० ओभरको खेल ४० ओभरमा घटाइएको छ ।
खेल त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
आर्मीले १४ सदस्यीय टोलीमा ब्याट्सम्यान अनिल मण्डलको स्थानमा सोमपाललाई ‘प्लेइङ–११’ मा राखेपछि विवाद भएको थियाे । प्रतियोगिताको सुरुमा सोमपालको नाम आर्मीको टिममा थियो । तर, बीचमा डेंगी भएका कारण आर्मीले सोमपालको स्थानमा अनिललाई टिममा स्थान दिएको थियो ।
सोमपाल ठिक भएपछि भने आर्मीले सोमपाललाई खेलाउन लागेको हो । तर, एपीएफका कप्तान शरद भेषावकरले भने सोमपाललाई टिममा राख्ने हो भने आफूले नखेल्ने भन्दै टस गर्न मानेका थिएनन् । नियमित समयअनुसार टस बिहान ८ः३० मा हुनुपर्ने थियो । र खेल बिहान ९ बजे सुरु हुनुपर्ने थियो ।
