Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आसिफ शेखको जिम्मेवार ब्याटिङमा पपुवा न्युगिनीमाथि रोमाञ्चक जित

    आसिफ शेखको जिम्मेवार ब्याटिङमा पपुवा न्युगिनीमाथि रोमाञ्चक जित

    By सूचनापाना१९ फाल्गुन २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । ओपनर तथा विकेटकिपर आसिफ शेखको जिम्मेवार ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकालेको छ ।

    SuchanaPana.com

    शुक्रबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३ विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको १८० रनको मध्यम लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।

    नेपालका लागि आसिफ शेख जिम्मेवारीपूर्वक ब्याटिङ गरे । नेपालले २८ ओभरसम्म ६ विकेट गुमाएर ८६ रन बनाएको नाजुक अवस्थामा उनले १३० बलमा ३ चौका र १ छक्कको मद्धतमा ८६ रनको योगदान गरे ।

    उनलाई सन्दीप लामिछानेले गज्जकको साथ दिए । अविजित रहँदै सन्दीपले ३५ रन बनाए । उनीहरुले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । कुशल मल्लले २३ रन जोडे ।

    यता, पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमेआको बलमा ओपनर कुशल भुर्तेल पहिलो बलमै बोल्ड हुँदै रोयल डक पेभेलिएन फर्केका थिए ।

    यस्तै, नेपालका पाँच खेलाडीले दोहोरो रन जोड्न सकेनन् । ज्ञानेन्द्र मल्लले ६ रन, भीम सार्कीले ८ रन, कप्तान रोहित पौडेलले १ रन, आरिफ शेखले १ रन, दिपेन्द्र सिंह ऐरीले ८ रन जोडे ।

    पपुवा न्युगिनीको लागि कप्तान असद वालाले तीन विकेट लिए । सेमो कमिया र सेसे बाउले दुईरदुई विकेट लिए ।

    यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ४९।२ ओभरमा १० विकेट गुमाउँदै १७९ रन बनाएको थियो।

    पपुवा न्युगिनीका लागि ओपनरद्वय टोनी उरा र किप्लिन डोरिगाले राम्रो सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । उराले ३९ रन बनाउँदा डोरिगा २६ रनमा आउट भए । मुख्य ब्याटर सेसे बाउले ११ रनमै आउट हुँदा कप्तान असद भालाले समान ११ रननै जोडे ।

    यस्तै, हिरि हिरिले ३१ रन, गौडी टोकाले १५ रन, चाड सोपरले ९ रन, रिले हेकुरेले ९ रन, नर्मन भानुआले १४ रन, सेमो कामले २ रन र हिला वारेले ३ रन बनाए ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान दुईरदुई विकेट लिँदा करन केसी, सन्दीप लामिछाने र कुशल मल्लको नाममा एकरएक विकेट रह्यो ।

    जितसँगै नेपालले ३१ खेलमा १४ जित र १५ हारसहित ३० अंक जोडेर छैँटौ स्थानमा रहेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.