काठमाडौं । नेपाली क्रिकेट सन्दीप लामिछानेलाई टर्किस एयरलाइन्सले सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा टर्किस एयरलाइन्सका जनरल म्यानेजर सेरकन बसरले सन्दीपलाई सम्मान गरेका हुन् ।
पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप आईसीसी एक दिवसीय क्रिकेटमा सर्वाधिक कम खेलबाट १०० विकेट लिने रेकर्ड कायम गरेकोमा एयरलाइन्सले सम्मान गरेको बताईएको छ ।
सम्मानित भएका सन्दीपले टर्किस एयरलाइन्सबाट सन्दीपले युरोप टूरका लागि टिकट प्राप्त गर्ने छन् ।
