काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) लगनगाँठो कस्दै छन् ।
उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै छ । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् ।
किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए ।
