Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काँग्रेस र माओवादी केन्द्रका उम्मेद्वारको पक्षमा देउरालीमा जनलहर

    काँग्रेस र माओवादी केन्द्रका उम्मेद्वारको पक्षमा देउरालीमा जनलहर

    By सूचनापाना१५ कार्तिक २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । सत्ता गठवन्धनबाट आमागी मंसिर ४ मा हुने निर्वाचनका लागि घर दैलो गर्दै हिडेको नेपाली काँग्रेस र माओवादी केन्द्रका उमेदवारको पक्षमा जनलहर बढ्दै गएको छ । चुनावी प्रचारका लागि घर दैलो गर्दै मंगलबार रामेछाप नगरपालिका ३ देउरालीमा पुगेको गठवन्धनको टोलीलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् ।
    देउरालीमा कार्यकर्ता भेलाका लागि पुगेका नेताहरुलाई समेत आश्चर्य हुने गरी उमेदवारको पक्षमा जनसागर उर्लिएको छ । गाउँको टाढा टाढाबाट आफ्ना उमेदवार संग साक्षात्कार गर्नका लागि देउरालीबासी वडा कार्यालय नजिक भेला भएका थिए ।
    प्रतिसभा सदस्यका उमेदवार नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामांग (कान्छाराम) र प्रदेश सभा सदस्य १(१) का उमेदवार तारानारायण श्रेष्ठ सहितका नेताहरु घर दैलो र कार्यकर्ता भेटघाट गर्दै मंगलबार देउराली पुगेका थिए । उनिहरुले देउरालीका नागरिकका आवश्यकता पुरा गर्नका लागि पार्टीको घोषणा पत्र बमोजिमको काम गर्ने वताए । कार्यक्रममा उमेदवारहरुका अतिरीक्त माओवादी केन्द्र र नेपाली काँग्रेसका विभिन्न नेताहरुले धारणा राखेका थिए । उनीहरुले एमालेको सर्वसत्ताबाद चरित्रलाई जरै देखि फाल्न र संविधानको रक्षा गरी नागरिकलाई विकास र सुशासन दिनका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रका उमेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।
    यसैविच गठवन्धनका उमेदवारहरुले मंगलबारनै साँघुटार र गोठगाउँमा समेत घरदैलो कार्यक्रम गरेका थिए । सोमबार हिमगंगा पुगेका उमेदवारहरुलाई स्थानीयले त्यस क्षेत्रका समस्या सुनाउदै समस्या समाधानका लागि आमागी निर्वाचनमा गठवन्धनलाई सघाउने आश्वासन दिएका थिए ।
    गठवन्धन संग प्रतिस्पर्धामा रहेको नेकपा एमालेले पनि मंगलबार लिखु तामाकोशी गाउंपालिकाको धोविमा चुनावी सभा गरेको छ । गाउंपालिका स्तरिय चुनावी सभामा एमालेका केन्द्रीय सदस्य कमलप्रसाद चौलागाई, प्रतिनिधिसभाका उमेदवार कैलाश प्रसाद ढुंगेल, केन्द्रीय सदस्य माधव ढुंगेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र प्रदेश सभा १(१) का उमेदवार शान्तिप्रसाद पौडेलले आ आफ्ना धारणा राखेका थिए । एमालेले धोविमा गरेको चुनावी सभामा पनि कार्यकर्ताको उपस्थिति बाक्लो देखिएको थियो ।

    SuchanaPana.com

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.