रामेछाप । शनिबार जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ को प्रितीमा ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको ज्यान गएको छ ।
लिखुको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडा भन्ने ठाउँमा पल्टीदाँ स्थानीय प्रेमबहादुर सुनुवारको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य तीन जना घाइते भएका छन् । घाईते मध्ये एक जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
अनुसार दुर्घटनामा परिचय नखुलेका अन्य व्यक्ति पनि सोही ट्याक्टरमा घर फर्किदै गरेका तीन जना पनि घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर भएकारले उनको उपचारको लागि काठमाडौं पठाउने तयारी भैरहेको छ । भने दुई जना स्थानीय प्राथामिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् ।
