Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार

    आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

    १४ असार २०८३, आईतवार

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    १४ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वसन्तपुरमा फोटो प्रदर्शनी शुरु

    वसन्तपुरमा फोटो प्रदर्शनी शुरु

    By सूचनापाना२० कार्तिक २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडाैं । मकवानपुरको थाहा नगरपालिका ‘कल्चर र नेचर’को केन्द्र भएकोले यसलाई प्रवद्र्धन गरी पर्यटनसंग जोडर विकास गरिने संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन् । नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनामा समेटर थाहानगरलाई विकास गरिने पर्यटन मन्त्री श्रेष्ठको भनाइ थियो ।

    SuchanaPana.com

    नेपालमा ‘कल्चर, नेचर र एड्भेन्चर’ पर्यटनको उच्च संभावना रहेको हुँदा त्यस्तो संभावना थाहानगरको पनि रहेकोले विकास गर्न सकिने मन्त्री श्रेष्ठको भनाई थियो । थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौंको वसन्तपुर डबलीमा १८ कात्तिकबाट आयोजना गरिएको तीनदिने फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

    ‘थाहा नगरपालिका आफैमा सुन्दर रहेको र त्यसको जानकारी बसन्तपुरमा ‘थाहा’ दिन आयोजना गरिएको फोटो प्रदर्शनीले पर्यटन प्रवद्र्धनमा सहयोग मिल्छ’– मन्त्री श्रेष्ठले भने–‘थाहाको फोटो प्रदर्शनीले देशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान मिलेको महशुस गरेको छु ।’ नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकोले फोटो प्रदर्शनीले पर्यटकहरुका लागि नयाँ गन्तव्य सूचीत गरेको उनको भनाइ थियो ।

    पर्यटन प्रर्वद्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न आउने पर्यटकको लागि प्रेरित गर्ने उद्देश्य सहित तीन दिने फोटो प्रर्दशन आयोजना गर्न लागिएको थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामिण जिवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिने नगरप्रमुख बिष्टले बताए ।

    फोटो प्रर्दशनी काठमाडौं उपत्यकाको विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरेर आयोजन गरिएको हो । प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिएको छ । त्यस्तै तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिने छ । प्रर्दशनीमा राखिएका विभिन्न फोटोहरुको बारेमा जानकारी दिन स्वयम्सेवकहरु समेत ब्यवस्था गरिएको छ । प्रर्दशनी प्रत्येक दिन विहान १० बजेदेखि साँझ ४ बजेसम्म चल्नेछ । फोटो प्रदर्शनी अवलोकनको लागि कार्यक्र्रम संयोजन इन्द्रबहादुर श्रेष्ठले सम्पुर्णमा आग्रह समेत गरेका छन् । प्रदर्शनीको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ भने फरक सोचले कार्यक्रमको व्यवस्थापन गरेको छ ।

    थाहा फोटो प्रदर्शनी कार्यक्रमका संयोजक इन्द्र बहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्ट, उपप्रमुख भरत गोपाली, इन्द्र सरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्की, पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, पूर्व सांसद हिरण्ड्यलाल श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, पालुङ जेसीजका अध्यक्ष जयराम केसी, नेकपा एमाले थाहानगर अध्यक्ष अच्युतम प्रसाद ढकाल, फरक सोचका संयोजक यादवजंग रायमाझी, विष्णुहरि ढकाल ‘जंगली’, थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछान, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्की, लगायतकाको आतिथ्यता रहेको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार

    आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

    १४ असार २०८३, आईतवार

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    १४ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर र रक्तदान गर्ने…

    आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

    १४ असार २०८३, आईतवार

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    १४ असार २०८३, आईतवार

    जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.