काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले चुनावी प्रचारका लागि प्रयोग गरेको गाडीमाथि प्रहार भएको छ। चितवन-२ का उम्मेदवार लामिछाने घरदैलोको क्रममा उनको गाडीमाथि प्रहार भएको हो।
उक्त पार्टीले सामाजिक सञ्जालमार्फत लामिछानेको गाडीमाथि प्रहार भएको जानकारी दिएको छ। ‘आज पार्टी सभापतिको घरदैलोको क्रममा रहेको गाडीमाथि प्रहार भएको छ। निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनु पर्ने राज्य मुकदर्शक बनेको छ’ उक्त पार्टीले सामाजिक सञ्जालमा लेखेको छ।
गाडीमाथि प्रहारपछि लामिछानेले सरकारको नियममाथि प्रश्न गरेका छन्। उनले प्रहरीलाई प्रश्न गर्दै भने, ‘तपाईंहरू को बाट परिचालित हुनुहुन्छ? मलाई डर चाहिँ छैन तर म यहाँ सुरक्षित छैन।’ उक्त गाडीमा प्रहार गरेको एउटा भिडियो भने सार्वजनिक भएको छ। रविको पार्टीले सत्ता गठबन्धनले तोडफोड गरेको आरोप लगाएको छ।
