काठमाडौँ । दार्चुलामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन्। नौगाड गाउँपालिकामा झडप हुँदा गठबन्धनका कार्यकर्ता ३५ वर्षका जयसिंह धामी गम्भीर घाइते भएका हुन्।
घाइते धामीलाई दार्चुलामै सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ। एमालेका कार्यकर्ताले धामीको टाउकोमा रडले हानेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चुनाव प्रचारप्रसारका लागि दुवै समूह एकै ठाउँमा भेट हुँदा झडप भएको थियो।
