Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तोसिमा कार्कीले बढाइन् मतान्तर

    तोसिमा कार्कीले बढाइन् मतान्तर

    By सूचनापाना५ मंसिर २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    ललितपुर । सहरी क्षेत्रको मतगणना सुरु भएसँगै ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले मतान्तर बढाएकी छन् ।

    SuchanaPana.com

    चक्रपथ बाहिरका बस्तीको मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिएका थिए । सहरी क्षेत्र र नयाँ बस्तीको मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्कीले मतान्तर बढाएकी हुन् ।

    ललितपुर महानगरपालिका-२१ खोकना र वडा नम्बर २२ को बुङ्मती क्षेत्रबाट मतगणना सुरु भएको थियो । स्थानीय चुनावमा यी दुवै वडामा माओवादी केन्द्रले जित हात पारेको थियो । तर सात महिनाअघि आफैंले जितेको वडामा पनि माओवादीले धेरै मत पाउन सकेन ।

    खोकना र बुङ्मतीको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार डा. कार्की पछाडि थिइन् । यी क्षेत्रको मतगणना हुँदा केही समय भुसालले तोसिमालाई उछिनेकी थिइन् ।

    ललितपुर-३ का निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार यतिखेर खोकना र बुङ्मतीका एक-एक मतदान केन्द्रको गणना सकिएको छ । खोकनामा दुई र बुङ्मतीमा दुई मतदान केन्द्र थिए ।

    यससँगै ललितपुर महानगरपालिकाको २४ नम्बर वडामा पर्ने धापाखेल, वडा नम्बर १८ भैंसेपाटी र वडा नम्बर २५ सैंबुको मतगणना भइरहेको छ । धापाखेल थोरै पुरानो बस्ती र अधिकांश नयाँ बस्ती भएको क्षेत्र हो । यो वडामा चारवटा मतदान केन्द्र छन् । त्यसैगरी भैंसेपाटी डा. कार्कीको बसोबास भएको क्षेत्र हो ।

    यी क्षेत्रको मतगणना सुरु भएसँगै डा. कार्कीले एमाले उम्मेदवार अमृत खड्कासँग ३०० मतको अन्तर बनाएकी छन् । माओवादीकी उम्मेदवार भुसालले डा. कार्कीले पाएको भन्दा करिब एक हजार कम मत पाएकी छन् ।

    सोमबार साँझसम्म सार्वजनिक मत परिणामअनुसार ५ हजार ८६८ मत गणना हुँदा तोसिमाले २ हजार १४८ मत पाइन् भने एमालेका खड्काले १ हजार ९०५ र माओवादी केन्द्रकी पम्फा भुसालले एक हजार १९८ मत पाएकी छन् ।

    ललितपुर वडा नम्बर २१ र २२ बाट मतगणना सुरु हुँदा डा. कार्कीले खड्कालाई पछ्याइरहेकी थिइन् । तर सहरी क्षेत्रको मतगणना सुरु भएसँगै कार्कीको मतान्तर बढेको छ । ललितपुर-३ मा ललितपुर महानगरपालिकाका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ वडा पर्छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.