Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मन्थली सामुदायिक खानेपानी समितिले घटायो खानेपानीको मूल्य

    मन्थली सामुदायिक खानेपानी समितिले घटायो खानेपानीको मूल्य

    By सूचनापाना१७ बैशाख २०८०, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । मन्थली सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको न्यूनतम मूल्य घटाएको छ ।

    SuchanaPana.com

    हाल मासिक धारा महसुल न्यूनतम ६ सय लिदै आएको उक्त समितिले आउदो श्रावण देखि लागू हुने गरी मासिक शूल्कमा १ सय घटाएर ५ सय कायम गर्ने निर्णय गरेको हो । शनिबार मन्थलीमा सम्पन्न समितिको २१ औं बार्षिक साधारण सभाले न्यूनतम महशुल दर घटाउने निर्णय गरेको अध्यक्ष पूर्णवहादुर सुवेदीले वताए ।

    बार्षिक साधारणसभा कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ (कान्छाराम) ले जिल्ला सदरमुकाममा रहेको खानेपानी प्रणालीलाई अझ व्यवस्थित वनाउनुका साथै संकटका बेला संचालन गर्न बैकल्पिक योजनाको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । खानेपानी योजनाको कार्यान्वयनका लागि आफुले सकेको सहयोग गर्ने उनले वताए ।

    समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीको अध्यक्षतामा भएको उक्त साधारणसभामा नेपाल खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष लेखवहादुर कार्की, पूर्व अध्यक्षहरु रामचन्द्र वियोगी र नारायण दाश श्रेष्ठ लगाएतले आ आफ्ना धारणा राखेका थिए ।

    कार्यक्रममा अध्यक्ष सुवेदीका अतिरीक्त सचिव ढाकलवहादुर थापा र कार्यवाहक कोषाध्यक्ष कृष्णवहादुर बस्नेतले प्रश्तुत गरेका संगठनात्मक गतिविधि, बार्षिक कार्यक्रम र भावि योजनाका साथै बार्षिक आय व्यय विवरण उक्त साधारण सभाले पारित गरेको थियो ।

    सम्मान तथा पुरस्कार स्थापनाकाल देखि समितिको संस्थागत विकासमा योगदान गर्ने संस्थापक अध्यक्ष नारायणदाश श्रेष्ठ र निवर्तमान अध्यक्ष रामचन्द्र वियोगीलाई कार्यक्रममा सम्मान गरिएको थियो । त्यसैगरी समितिमा लामो अवधि देखि कार्यरत कर्मचारीहरु टंकराज फुयाँल र लोकवहादुर पहरीलाई नगद पुरस्कार र कदर पत्र प्रदान गरीएको थियो ।

    समिति मार्फत विभिन्न योजनाहरुबाट करिव १ हजार खानेपानीका धारा वितरण हुदै आएका छन् । उपभोक्ताहरुलाई आवश्यक पर्ने पानीको वितरण गर्न समितिले लिफ्ट योजना मार्फत अधिकांश पानी आपूर्ति गरी वितरण गर्नेगर्छ । भलुवा खोला र मचवारी खोलाको मुहान गरी ल्याइएका योजनामा खडेरीका कारण न्यून मात्रामा मात्र पानी आपूर्ति हुने गरेकोले लिफ्ट प्रणालीका ३ वटा संरचना समितिले संचालन गर्दै आएको छ । समितिले सरदमुकाम र आसपासका ग्रामिण वस्तीमा पानी वितरण गर्नेगर्छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.