Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आँखा नदेख्ने आमाको भरमा सात छोरी

    आँखा नदेख्ने आमाको भरमा सात छोरी

    By सूचनापाना७ असार २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सृजना रोका ।

    SuchanaPana.com

    रामेछाप । दलानमा मकैको खोस्टा र चाउचाउका प्लास्टिक च्यात्दै चकटी बुनिरहेकी चमेलीको आफ्नै छुट्टै कथा छ । परबाट हेर्दा आँखा देख्ने मानिसले जस्तो हातको काम गरिरहेको देखे पनि चमेलीले आँखा देख्न छाडेको १५ बर्ष भै सक्यो । उनको पुरा नाम चमेली मगर हो । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँकी ४० वर्षिया चमेलीको दुवै आँखा बन्द छन् । ठप्पै छन् ।


    आँखा नदेखे पनि उनलाई हेरचाहा गर्ने कोहि छैनन् । उल्टै उनि आफ्ना सात छोरिहरूको हेरचाहमा कटिन्छिन् । छोरीहरूलाई पढाउने, घर व्यवहार धान्ने सबै जिम्मा चमेलीकै थाप्लोमा छ । हुन त चमेलीका आठ छोरीहरू हुन । उनकी जेठी छोरिको भने बिवाह भै सक्यो । अझै सात वटी छोरीको लालनपालन, पठनपाठन लगायतका सबै जिम्मेवारी उनकै काँधमा छ । उनकी माइली र साईली छोरी जुम्ल्याहा हुन् । उनीहरु १२ कक्षामा पढ्छन् । काइली ८, ठाइँली ६, अन्तरी ५ , जन्तरी ३ र कान्छी १ कक्षामा पढ्छन् । आँखा बन्द भएपछि जन्मिएका हुन उनका थप चार छोरीहरू ।


    सानी छोरीलाई सुम्सुम्याउदै चमेली भन्छिन्– “ मेरो आँखामा पहिले देखि नै समस्या नभएको भने होइन । सानै उमेरदेखि बारम्बार धमिलो देख्ने, टाढाको बस्तु नदेख्ने समस्या थियो । तर १५ वर्ष अघि चौथो छोरी जन्मिएपछि भने मेरो दुवै आँखाका ज्योती गुमे । मेरा आँखा बन्द भए ।मेरा लागि दिन र रातमा केहि फरक भएन ।“


    आँखाको उपचारका लागि चमेलीका श्रीमान अम्बरबहादुर ठाडामगरले कोसिस नै नगरेको भने होईन । चमेलीका अनुसार उनका श्रीमानले आफ्नो बुताले भ्याएसम्म आँखा उपचारको लागि कोसिस गरे । थाहापाए सम्मका अस्पताल लगे । सम्पति होउञ्चेल खर्च गरे । ठाउँ ठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पुर्याउन भ्याए । तर अम्बरबहादुरको त्यो कोसिस केहि काम लागेन । अन्ततः चमेलीको आँखाको ज्योती फर्किएन ।


    आँखा नदेख्ने समस्या सँगै चमेलीको जीवनमा अर्को बज्रपात थपियो । चमेलीले आफ्नो जीवनसाथीलाई सदाका लागि गुमाए । उनि बेसाहारा बनिन । उनले आफ्नो श्रीमान बितेको समेत देख्न पाईनन । मात्रै महशुस गर्न सकिन ।


    भावुक बन्दै चमेलीले भनिन– “श्रीमान् नै गुमाएपछि संसार हेर्ने इच्छा हरायो । जिन्दगिमा खुसिका दिन सकिएको अनुभुति भयो । आँखाको ज्योति गुमाउदा भन्दा जीवनसाथी गुँमाउदाको पीडा असह्य हुने रहेछ । अब त जिन्दगिमा एउटै लक्ष बाँकी रहेको थियो – साना छोरीहरूलाई कसरी हुर्काउने ? कसरी पढाउने? के खुवाउने ? आफू नै आँखा नदेख्ने त्यसमाथी ७–७ छोरीहरूको लालनपालन र पठनपाठनको जिम्मेवारी आयो ।“


    सुरुसुरुमा त छिमेकीहरुले धेरै सहयोग गरे । सहयोग भन्ने कुरा कहाँ सँधै हुन्छ र ? सबैको आफ्नो–आफ्नो घर व्यवहार चलाउनै पर्यो । छोरीहरूलाई खुवाउनै समस्या पर्न थाल्यो चमेलीलाई । अझ पढाउन लाग्ने थप खर्च, औषधि उपचार खर्च आदी–ईत्यादी त छँदै थियो ।


    हुन त समस्याले नै संघर्ष गर्न सिकाउँछ भन्छन् । चमेलीलाई समस्या सँगै बाध्यताले जगड्यो ।त्यसपछि उनले घर खर्च चलाउनका लागि हाते काम सुरु गरिन् । मकैको खोस्टा तथा बिस्कुट अनि चाउचाउको प्लाष्टिकबाट चकटी बनाउन थालिन । पराल – खरको डाला बुन्न थालिन । बाख्रा तथा भैँसी बाँध्ने दाम्लो, नाम्ले पनि बाट्न थालिन । त्यहि बेचेर उनले खरखाँचो टार्ने मेसो बनाईन ।


    चमेलीलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ । छोरीहरूलाई पढ्न विभिन्न संघ संस्थाले सहयोग गरेको मन्थली नगरपालिका–९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरण बताउछन । आरण भन्छन– सरकारले चमेलीलाई रातो कार्ड दिएर सामाजिक सुरक्षा भत्ता दिइरहेको छ ।


    अहिले त चमेलीका छोरीहरु पनि ठूला भए । खेतीपातिको काममा छोरीहरुले सघाउँछन् । घर वरिपरिको काम चमेली आफै गर्छिन ।उनि घाँस काट्ने, बस्तुलाई हाल्ने लगायतका काम आफै गर्छिन ।
    यो संसार हेर्ने रहर कसलाई हुँदैन र ? चमेलीलाई पनि यो संसार पुनः हेर्ने रहर भएको उनि बताउँछिन । उनि भन्छिन् – छोरिहरूको बिहे भएको आफ्नै आँखाले हेर्ने मन छ । यो संसार देखाउन कसैले सहयोग गरिदिए हुन्थ्यो । अझै भगवान माथिको भरोसा सकिएको छैन ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.