Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जानको अध्यक्षमा चौँथो पटक पनि डा.भुसाल

    जानको अध्यक्षमा चौँथो पटक पनि डा.भुसाल

    By सूचनापाना४ फाल्गुन २०८१, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को अध्यक्षमा डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् । जानको शनिबार भएको अधिवेशनले लगातार चौथो कार्यकालको लागि डा भुसाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

    SuchanaPana.com

    जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गरेका कृषि विज्ञ डा भुसाल सार्क जाइका अलमनाइहरूको छाता संगठन जाइका अलमनाई एसोसियसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को वर्तमान महासचिव समेत हुन् ।

    यस्तै, अधिवेशनले जानको सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू समेत निर्विरोध निर्वाचित गरेको छ । जानको उपाध्यक्षमा डा किरण रुपाखेती, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका मल्ल श्रेष्ठ, सचिवमा यमलाल भुसाल, सह–कोषाध्यक्षमा बावुल खनाल निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा सुशीलकुमार भट्टचन, विनोदकुमार भट्टराई, पारस पौडेल, सूर्यप्रसाद बराल, उमा श्रेष्ठ र तारा खनाल निर्वाचित भएको जानले जनाएको छ ।

    डा. किरण रुपाखेती, यमलाल भुसाल र विनोदकुमार भट्टराई नेपाल सरकारका वर्तमान सहसचिव र सूर्यप्रसाद बराल उपसचिव हुन् ।

    त्यस्तै, शान्तिलक्ष्मी शाक्य विद्युत् प्राधिकरणकी पूर्व उपकार्यकारी निर्देशक, पारस पौडेल राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका वर्तमान निर्देशक सुशीलकुमार भट्टचन जाइका नेपालका पूर्वप्रमुख सल्लाहकार र अन्य पदाधिकारी, सदस्यहरू समेत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग आबद्ध छन् । हरेक तीन वर्षमा जानको कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुने गरेको छ ।

    जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो । जान नेपाल सरकार तथा जापान सरकार एवं जनताबीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सिपमूलकको विकासमा लगाउने उद्देश्यका साथ स्थापना भएको जनाइएको छ ।

    यसले जापानी राजदूतावास, जाइका नेपाल, नेपाल सरकार, जापान नेपाल सोसाइटी र अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू समेत गर्दै आएको छ । जानले गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै जापान सरकारले गत साल जानलाई जापानको फरियन मिनिष्टर कमेन्डेसन अवार्ड समेत प्रदान गरेको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.