Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मतदाताहरुबीच लोकप्रिय नाम्गेल शेर्पा चुनावी मैदानमा

    मतदाताहरुबीच लोकप्रिय नाम्गेल शेर्पा चुनावी मैदानमा

    By सूचनापाना२४ बैशाख २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको दुई नम्बर वडाका अध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट नाम्गेल शेर्पा उम्मेदवार छन् भने एमालेबाट यस अघिकै अध्यक्ष आङफूर्वा शेर्पा र नेपाली काँग्रेसबाट दावाग्याल्जेन शेर्पा उम्मेदवार रहेका छन् ।

    SuchanaPana.com

    नेकपा एमालेबाट यस अघि नै वडा सम्हालीसकेका आङफूर्वा शेर्पाको घट्दो लोकप्रियता र नेपाली काँग्रेसबाट उम्मेदवार बनेका दावाग्याल्जेन शेर्पा गैह्रराजनीतिक, धमिलो छवीका कारण मतदाताहरुको पहिलो रोजाईमा नाम्गेल शेर्पा देखिएका हुन् ।

    लुक्लाका एक स्थानीय मतदाताका अनुसार ‘यस अघिका अध्यक्ष आङफूर्वा गलत मानिस होइनन् ।’ उनले भने, ‘तर उनको तुलनामा नाम्गेल शेर्पा धेरै गतिशिल, योजना निर्माणकबो क्षमता भएको, सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको व्यक्तिको रुपमा चिनिन्छन्, हाम्रोलाई भन्दा राम्रोलाई जिताउने हाम्रो सल्लाह छ ।’

    काँग्रेस उम्मेदवार दावाग्याल्जेन शेर्पाको अपारदर्शी छबि
    नेपाली काँग्रेसबाट दुई नम्ँबर वडाबाट अध्यक्षका लागि उम्मेदवार बनेका दावाग्याल्जेन शेर्पाकोकमजोर व्यक्तित्वको फाइदा नाम्गेल शेर्पाले लिने भएका छन् । दावाग्याल्जेन शेर्पा तीनै व्यीक्त हुन् जस्ले लुक्लामा नीजि विद्यालय सञ्चालन गर्ने भन्दै विदेशी दार्त निकायसंग मोटो रकम असुल गरि पचाइदिएका छन् । लुक्लामा विद्यालय पनि खुलेन, दातृ निकायले बजेट फिर्ता पनि पाएनन् । बरु बोर्डिङ स्कुल चलाउने भनेको भवनमा उनले होटल सञ्चालनको तयारी थालेको बताइएको छ ।
    विभिन्न एनजीओ चलाएर बसेका उनी वडाध्यक्षको उम्मेदवार बनाइने भएपछि अन्तिम समयमा काँग्रेसको झण्डा समात्न आइपुगेका थिए । उम्मेदवार भइसक्दा समेत अझै पनि उनले यस अघि कार्यरत एनजीओबाट राजीनामा गरेका छैनन् । कुनै राजनीतिक चेत नभएका व्यक्ति उम्मेदवारको रुपमा खडा भएपछि लुक्लाबासीले काँग्रेसको उम्मेदवारलाई नपत्याएका हुन् । यसपटक राजनीतिक दल नहेरी राम्रो मान्छेलाई जिताउने भन्दै दुई नम्बर वडाका अधिकांश मतदाताहरुले धारणा बनाएको दल विशेषमा नलागेका एक लुक्ला निवासीले बताए । लुक्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिको आश्वासन देखाई अन्तिमसम्म केही पनि नदिएको भन्दे दावाग्याल्जेन शेर्पासंग स्थानीयहरु रुष्ट देखिएका छन् ।

    एक मौका पर्खिरहेका नाम्गेल
    अघिल्लो पटक उक्त गाउँपालिकाको उपाध्यक्षका लागि उम्मेदवार बनेका नाम्गेल शेर्पा यस पटक वडाध्यक्षमा विजयी हुन चाहन्छन् । सानै उमेरदेखि खुम्बुमा संघर्ष गरी जिवन गुजारा र राजनीति गरिरहेका नाम्गेल विकास निर्माणको एक स्पष्ट मार्गचित्र बोकेका व्यक्ति हुन् । उनी पर्यटकीय वस्ती लुक्लासहित दुई नम्बर वडाको हरेक विकास निर्माण र रुपान्तरणका लागि योजना तयार पारेर बसेका व्यक्ति हुन् । युवा, सहनशील र शालिन व्यक्तित्व भएका नाम्गेल शेर्पा लुक्लामा निस्वार्थ समाजसेवीका रुपमा चिनिन्छन् । लुक्लामा विभिन्न संघसंस्थाहरुमार्फत काम गरेका नाम्गेल युवा समूह तथा विकासप्रेमीहरु माझ निक्कै प्रिय छन् । आफू विजयी भए लुक्लासहित दुई नम्बर वडालाई निक्कै आकर्षित बनाउने योजना आफूसंग रहेको उनले बताए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार

    बामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुने

    २७ असार २०८२, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.