Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बंगलादेशमा रासायनिक कन्टेनर डिपोमा आगलागीमा ४० जनाको मृत्यु

    बंगलादेशमा रासायनिक कन्टेनर डिपोमा आगलागीमा ४० जनाको मृत्यु

    By सूचनापाना२२ जेष्ठ २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    ढाका । दक्षिणपूर्वी बंगलादेशको एक निजी रासायनिक कन्टेनर डिपोमा शनिबार राति भएको भीषण आगलागीमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै ४५० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले आइतबार सो जानकारी दिएका हुन्।

    SuchanaPana.com

    चटगाउँको सीताकुण्ड उपजिल्लाको कदमरासुल क्षेत्रमा रहेको बीएम कन्टेनर डिपोमा शनिबार राति आगलागी भएको हो।

    ‘अहिलेसम्म ४० वटा शव शवगृहमा सारिएको छ’, चटगाउँ मेडिकल कलेज अस्पताल ९सीएमसीएच० मा तैनाथ एक प्रहरी अधिकारीले पत्रकारहरूलाई भने। ‘रेड क्रिसेन्ट युथ चटगाउँ’का स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामलाई उद्धृत गर्दै ‘ढाका ट्रिब्युन’ ले भन्यो, ‘यो घटनामा ४५० भन्दा बढी घाइते भएका छन्, तीमध्ये कम्तीमा ३५० जनालाई चटगाउँ मेडिकल कलेजमा राखिएको छ।

    इस्लामले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका व्यक्त गरे। ‘द डेली स्टार’ अखबारका अनुसार चटगाउँका जिल्ला कमिशनर अशरफुद्दिनले मृतकका परिवारलाई ५० हजार टका र २० हजार टका सहायता दिइने बताए।

    प्रधानमन्त्री शेख हसिनाले उक्त घटनाप्रति दुःख व्यक्त गरेकी छन्। घटनाको छानबिन गर्न अधिकारीले उच्चस्तरीय छानबिन समिति गठन गरी आगामी तीन दिनभित्र प्रतिवेदन बुझाउन आदेश दिएका छन्।

    शनिबार राति करिब ९ बजे कन्टेनर डिपोमा आगलागी भएको सीएमसीएच प्रहरीचौकीका प्रहरी नायब निरीक्षक नुरुल आलमले बताए।

    दमकलले आगो निभाइरहेका वेला पुनः विस्फोट भएपछि आगो फेरि फैलिएको थियो। कन्टेनर डिपोमा रहेको रसायनका कारण आगलागी भएको हुन सक्ने नुरुलले बताए।

    उनले राति १२स्४५ बजे ठूलो विस्फोट भएको र एउटा कन्टेनरमा रहेको रसायनका कारण आगो अर्को कन्टेनरमा फैलिएको बताए।

    यो सम्बन्धमा एक प्रत्यक्षदर्शीका अनुसार आगलागी भएपछि दमकल, प्रहरी र अन्य उद्धारकर्ता घटनास्थलमा पुगेको बताए। त्यसपछि एकपछि अर्को कन्टेनरमा विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो।

    विस्फोटका कारण घटनास्थल वरपरका घरका झ्यालका सिसा फुटेका छन्।

    सीताकुण्ड इलाकामा भएको घटनास्थलमा पत्रकारहरुसँग कुरा गर्दै दमकलका प्रमुख ब्रिगेडियर जनरल मोहम्मद मैनुद्दिनले भने, ‘डिपोमा रहेको कन्टेनरमा हाइड्रोजन पेरोक्साइड जस्ता विभिन्न प्रकारका केमिकल राखिएको थियो र तिनै रसायनका कारण आगलागी भएको देखिन्छ।’

    बीएम कन्टेनर डिपोका निर्देशक मुजिबुर रहमानले आगलागीको कारण थाहा नभए पनि कन्टेनरबाट आगो फैलिएको दाबी गरे। रहमानले डिपोमा करिब ६०० जनाले काम गर्ने बताए। बंगलादेशमा बारम्बार आगलागीका घटना भइरहेका छन्।

    ‘द डेली स्टार’ले रहमानलाई उद्धृत गर्दै भनेको छ, ‘घाइतेहरूको राम्रो उपचार गरिने सुनिश्चित गर्छौँ। उपचारको सबै खर्च हामीले व्यहोर्ने छौँ। दुर्घटनामा घाइते भएकालाई अधिकतम क्षतिपूर्ति दिइनेछ। हामी सबै पीडित परिवारको जिम्मेवारी लिनेछौं।’

    दमकल सेवाका अनुसार त्यस क्रममा दमकल विभागका तीन कर्मचारीको पनि मृत्यु भएको छ। मृतकको परिचय खुल्न बाँकी छ।

    गत वर्ष देशको दक्षिणमा एउटा डुङ्गामा आगलागी हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो। गत वर्ष ढाका नजिकको रूपगञ्जमा रहेको एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो। सन् २०२० मा तेल ट्याङ्कीमा विस्फोट हुँदा तीनजनाको ज्यान गएको थियो।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    इन्डोनेसियाको ऊर्जा क्षेत्रमा उल्लेखनीय वृद्धि

    २८ श्रावण २०८२, मंगलवार

    मलेसियाबाट भारत आइरहेको मालवाहक विमानमा आगलागी

    २८ श्रावण २०८२, मंगलवार

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    २५ असार २०८२, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.