Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अझै सुल्झिएन पोखरामा ल्याण्डफिलको तनाव

    अझै सुल्झिएन पोखरामा ल्याण्डफिलको तनाव

    By सूचनापाना२० असार २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पोखरा । पोखरामा ल्याण्डफिलको तनाव अझै सुल्झिएको छैन । यअसघि पोखरा-१६ र २० को सिमानामा सार्न लागिएकोमा स्थानीयको विरोधपछि महानगरले उक्त निर्णय फिर्ता लियो । १६ चैतको कार्यपालिका बैठकले भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गर्‍यो । त्यसकै आधारमा महानगरले आगामी वर्षमा संरचना निर्माण गर्न १० करोड छुट्याएको छ ।

    SuchanaPana.com

    तर, स्थानीयले त्यहाँ ल्याण्डफिल सार्न नदिने भन्दै संघर्ष सुरु गरेका छन् । गत शुक्रबार बसेको वडा भेलाले स्थानीयको सहमतिबिना महानगरले ल्याण्डफिल सार्ने निर्णय गरेको भन्दै सच्याउन दबाब दिए । भोलिपल्ट शनिबार सरोकारवालालाई भेला गराएर ल्याण्डफिल सार्दा हुने नोक्सानीबारे जानकारी गराए । त्यसपछि मेयर धनराज आचार्यलाई भेटेर उक्त निर्णय फिर्ता लिन ज्ञापनपत्र दिए ।

    वडामा क्रियाशील राजनीतिक दलहरूले मेयर आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् । ‘उक्त क्षेत्रमा फोहोर व्यवस्थापनको निम्ति वातावरणीय अध्ययन, पर्यटन व्यवसायमा पर्ने प्रभाव र स्थानीय जनसमुदायसँग छलफल या परामर्श नगरी हचुवाको भरमा जबरजस्तीरुपमा महानगरपालिकाबाट प्रस्ताव र निर्णय भएको देखिएकोले वडा ३३ वासी र क्रियाशील दलको गम्भीर आपत्ति रहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

    महानगरको निर्णय तत्काल सच्याउनका लागि उनीहरूको माग छ । पोखराको ल्याण्डफिल हाल पोखरा १४, बाच्छेबुडुवामा छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालन पूर्व ल्याण्डफिल साइट हटाउनैपर्ने दबाब छ । तर, जग्गा स्थानीयको अवरोधका कारण जहाज उड्ने बेलासम्म महानगरले ल्याण्डफिल सार्न नसक्ने देखिएको छ । आचार्यले भने ल्याण्डफिलका कारण जहाज नउड्ने अवस्था ल्याउन नदिने दावी गरे ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.