Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एलजी टिभीको सिजीले सुरु गर्‍याे नेपालमा एसेम्बली प्लान्ट

    एलजी टिभीको सिजीले सुरु गर्‍याे नेपालमा एसेम्बली प्लान्ट

    By सूचनापाना६ आश्विन २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप)को निमन्त्रणामा एलजी ईलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले नेपाल भ्रमणका साथसाथै चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौँको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन् । उनको यस भ्रमणले एलजी ईलेक्ट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यलाई संकेत गरेको छ ।

    SuchanaPana.com

    नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी ईलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आईरहेको छ ।

    आफ्नो भ्रमणबाट उत्साहित हुँदै चुनले भने, “विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्ष (सन् १९८८) देखि को सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रमक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ । प्राकृतिक सौन्दर्यको धनी देश नेपालका घरपरिवारहरूका लागि एलजीको नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको छ । साथै, आगामी दिनमा नयाँ अवसरहरु श्रृजना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरिय तथा सर्वसुलभ उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिईएको छ ।”

    निकट भविष्यमा, एलजीका होम एप्लाएन्स र ईन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने भएका छन् जसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउनेछ ।

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी ईलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै भने, “नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आवद्ध हुन पाउँदा हामी गौरवान्वित छौँ । एलजी ईलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्नेछ । यस नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरू श्रृजना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मुल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउनेछन् ।”

    चुनले मिनभवन, काठमाडाैँमा रहेको एलजी शपको पनि भ्रमण गरेका छन् र ग्राहकलाई राम्रो अनुभव र पहुँच प्रदान गर्न निकट भविष्यमा यस्ता शोरुमहरू नेपालभर विस्तार गर्ने सुनिश्चितता व्यक्त गरे । हालसम्म, नेपालमा एलजीका ८ वटा यस्ता शोरुमहरु छन् ।

    चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सीजी ईन्डस्ट्रियल पार्कको भ्रमण पनि गरेका छन् ।

    उनले नवलपरासीको देवचुलीमा रहेको श्री शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी ईलेक्ट्रोनिक्स इंकसँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लासरुम (डिजिटल स्कूल) को भ्रमण पनि गरे । कर्पोरेट सामाजिक उत्तरदायित्वलाई मनन गर्दै निर्माण गरिएको डिजिटल क्लासरुमले विद्यार्थीहरूलाई डिजिटल शिक्षा सहायता मार्फत समग्र शैक्षिक ज्ञान प्राप्त गर्न टेवा पु-याइरहेको छ । यस संस्थाले हालसम्म ४ प्रदेश र ९ जिल्लामा २४ सामुदायिक विद्यालयलाई सुसज्जित गरिसकेको छ र देशभर विस्तार गर्ने योजना बनाएको छ ।

    एलजी ईलेक्ट्रोनिक्स लगभग सबै देशहरूमा उपस्थिति राख्ने, ७५,००० भन्दा बढी अन्तर्राष्ट्रिय कार्यबल भएको, टेक्नोलोजी र ईलेक्ट्रोनिक्समा प्रभुत्व जमाएको, एक विश्वव्यापी आविष्कारक हो । दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ बिलियन अमेरिकन डलरभन्दा बढीको विश्वव्यापी व्यापार गरेको थियो । टिभी, होम एप्लाएन्स, एयर सोलुसन, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्टका साथै प्रिमियम एलजी सिग्नेचर र एलजी थिंन्क्यू, उपभोक्ता र व्यावसायिक उत्पादनहरूको अग्रणी निर्माता, एलजीका विश्वभर परिचित ब्रान्डहरू हुन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.