काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ ह्वातै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १९ सय रुपैयाँ बढेको हो । मंगलबार एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको सुनको मूल्य १९ सय रुपैयाँ वृद्धि हुँदै एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । मंगलबार एक हजार ८७५ रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएर एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।