Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » समयमै पाङ्ग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित

    समयमै पाङ्ग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित

    By सूचनापाना३ श्रावण २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । मुख्य ल्यान्डिङ गियरको पाङ्ग्रा समयमै नफेर्दा नेपाल वायुसेवा निगमको १:२५ बजे उड्नुपर्ने वाइडबडी विमानको दिल्लीको उडान अनिश्चित भएको छ ।

    SuchanaPana.com

    आज (मंगलबार) दिउँसो विमानस्थलमा रहेका एक यात्रुले २ सय ५० जना यात्रुलाई निगमले बोर्डिङ पास दिइसकेको तर जहाज पार्किङवेमा नदेखेको बताए ।

    ‘हामीले सोध्दा निगमका कर्मचारीले जहाज ह्याङ्गरमा रहेको बताए,’ दिल्ली जाँदै गरेका ती यात्रुले भने, ‘इन्जिनियरले पाङ्ग्रा फेरेपछि जहाज उड्ने भनिएको छ ।’

    निगम प्रवक्ता अर्चना खड्काले आरए २१७ नम्बरको उक्त उडान रद्द नगरिएको र मंगलबार नै दिल्ली जाने बताइन । उक्त उडानमा दिल्लीबाट २ सय ६ जना यात्रु नेपाल आउँदै छन् ।

    निगमलाई पाङ्ग्रा उपलब्ध गराउँदै आएको कोलोसस एयरले बेलैमा भुक्तानी नदिएकाले पाङ्ग्रा उपलब्ध नगराएको एक प्राविधिकले बताए ।

    ‘निगमले ६र७ महिनादेखि पाङ्ग्रा बिक्री गर्ने व्यापारीको भुक्तानी रोकेकाले टायर दिन ढिलाइ गरेको रहेछ,’ ती प्राविधिकले भने, ‘आजलाई हारगुहार गरेर एउटा पाङ्ग्रा मागेर साँझसम्म जहाज उडाउने छौँ ।’

    काठमाडौँ र दिल्ली विमानस्थलमा यात्रु आइसकेकाले दुवै स्टेसनमा ड्युटीमा रहेका निगमका कर्मचारीलाई संशोधित समय तोक्न दबाब दिइरहेको एक अधिकारीले बताए । निगमसँग दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी गरी चार वटा विमान छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    उखु किसानलाई धपेडी

    १२ पुष २०८२, शनिबार

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.