Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बीस वर्षपछि नहरमा पानी

    बीस वर्षपछि नहरमा पानी

    By सूचनापाना२९ आश्विन २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    विराटनगर । बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन्। सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन। नहरमा पानी नहुदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए।

    SuchanaPana.com

    त्यस क्षेत्रमा कृषिमा सिँचाइ सेवा पु¥याउने गरी पाँच दशकअघि निर्माण भएको उक्त शाखा नहरमा दुई दशकदेखि पानी सञ्चालनअवरुद्ध भएको थियो। सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले नहरमा थुप्रिएको बालुवा र माटो सफाइ गरेपछि पानी सञ्चालन भएको हो। मोरङ जहदा गाउँपालिका–४ मा मात्र करिब पाँच सय बिघा जग्गामा अहिले पानी पुग्दा किसान हर्षित भएको सो शाखा नहरका जल उपभोक्ता समितिका अध्यक्ष देवानन्द साहले बताए। उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारीको पकेट क्षेत्र हो। यहाँका किसान मौसम अनुसारको बाली लगाउँछन्।

    ‘बाली मात्र लगाएर के गर्नु पहिले त नहर भएर पनि सिँचाइ थिएनन्। अहिले नहरका पानी बगेको देखेर किसानको अनुहारमा उज्यालो आएको छ’, अध्यक्ष साहले भने, ‘बाली र मानवको लागि पानी निकै महत्व छ, यो बिना दुवैको जीवन अन्धकार हुन्छ।’

    धान, मकै, गहुँ प्रर्याप्त उत्पादन हुने यो क्षेत्रमा तरकारी पनि प्रशस्त उत्पादन हुन्छ। यो क्षेत्र तरकारीका लागि पकेट मानिन्छ। यो क्षेत्र तरकारी पकेट क्षेत्र भएको र यसमा परियोजनामार्फत कृषि उत्पादन बढाउन लगानी पनि भइरहेको अध्यक्ष साहले बताए। धान, मकै र गहुँ बाली भन्दा पनि तरकारी उत्पादन गरेर यस क्षेत्रका जनताको जीवनस्तरमा निकै परिवर्तन आएको स्थानीय किसान हरिनाथप्रसाद सिंहले बताउँछन्। उनले पनि एकदेखि दुई बिघा जग्गामा तरकारी लगाएका छन्।

    ‘तरकारी उत्पादन त गर्छु तर, बजार अभाव छ, ग्रामीण क्षेत्र भएकाले बाटोको असुविधा छ, बाटो राम्रो भएको भए हामीले उत्पादन गरेको तरकारी सजिलै सहरसम्म पुर्‍याउन सक्थ्यौँ’, उनले भने, ‘उहाँले यहाँका किसानले प्रयोगगर्ने दुई किमी बाटो व्यवस्थित भयो भने निकै सुविधा हुने थियो।’

    अर्का किसान नहरको दुवै तर्फ तरकारी उत्पादक किसान रहेकाले नहर दुवै तर्फ गर्न केही स्थान सुनसरी मोरङ सिँचाइ आयोजनाले कल्भर्ट बनाइदिनुपर्ने माग गरे। आयोजनाका इञ्जिनीयर महेश चौधरीले किसानको माग र आवश्यकता अनुसार नहर सञ्चालनमा ल्याइएको बताए।

    आयोजनाका प्रमुख भिलानन्द यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाले सुनसरीमा ४० हजार र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले नहर निर्माण गरेको बताए। उनले नहर स्थानमा अहिले पनि पानी चल्ने समस्या देखिएपछि नहरलाई सफाइ गर्ने योजना बनाएर अघि बढिरहेको जानकारी दिए।

    ‘नहर छ तर पानी छैन भने त्यो नहरको कुनै काम छैन, उनले भने,‘त्यसैले लामो समयदेखि सिँचाइबाट वञ्चित किसानलाई खेतसम्म पानी पुर्‍याउने नै आयोजनाको प्रमुख काम हो’, आयोजना प्रमुख यादवले भने।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.