काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा सोमबार बिहान भएको हेलिकप्टर दुर्घटनामा एक चालकसहित ७ जनाको मृत्यु भएको भारतीय समाचार संस्था आजतकले जनाएको छ ।
खराब मौसमका कारण भएको भनिएको उक्त दुर्घटना भएको हेलिकोप्टर दिल्लीको आर्यन कम्पनीको भएको जनाइएको छ ।
उक्त दुर्घटनाको पुष्टी गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा परेको उद्धार र दुर्घटनाबारे छानबिनका लागि निर्देशन दिएका छन् । त्यस्तै भारतीय गृहमन्त्री अमित शाहले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
