Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » के मृत्यु पछि पनि जीवन निरन्तर छ त ?

    के मृत्यु पछि पनि जीवन निरन्तर छ त ?

    By सूचनापाना६ कार्तिक २०७९, आईतवार

    मृत्यु एक त्यस्तो सत्य हो जसको आगमनको न कुनै समय हुन्छ, न त कुनै संकेत नै यो त जुनसुकै बेला जो सुकै माथि जहाँसुकै पनि घट्न सक्छ । बाटो काट्दा काट्दै गाडीको ठक्करले, अहिलै भुइँँचालो आएर, ज्वालामुखी फुटेर, हृदयघात भएर होस या अन्य कुनै रोग र बिरामको कारणले होस् जो सुकैको पनि मृत्यु हुन सक्छ । तर यी त मृत्युका बाहाना मात्र हुन् मानिस मर्दछ छ त बाँचेको हुनाले । मृत्यु त्यो सत्य जुन अकाट्य र अवश्यम्भावी छ । त्यसैले पनि होला कवि सिरोमणि लेखनाथ पौड्यालले भन्नुभएको – ‘ आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो । ‘

    SuchanaPana.com

    मृत्यु त्यो शाश्वत सत्य जसको बोध थोरैले मात्र गरेका छन् या गर्न सक्छन् जे भनौँ । तर बाँकिरहेका अरु सबै जीवनका असांयोगिक पाटाहरूलाई वास्तविकतामा ढाल्न तल्लिन छन् जसले गर्दा उनीहरू भूलिरहेछन् बाँचनुको सार्थकता, जीवनको यथार्थ बुझाई र मरणको वास्तविकता ।

    के मृत्यु पछि पनि जीवन निरन्तर छ त ? भनिन्छ आत्मा अमर छ, शरिर मरेर गए पनि आत्मा उडेर गई अन्य कुनै शरिरमा समाबिष्ट हुन्छ । के आत्मा पनि शरिरको परिवर्तनसँगै परिवर्तन हुन्छ रु यदि हुन्छ भने आत्म कसरी अमर भयो र रु यदि शरिरसँगै आत्माको परिवर्तन हुँदैन भने पनि फेरि किन जन्मेनन् ती हिटलर र मुसोलिनीका क्रुर आत्माका प्रतिविम्बहरू ?, फेरि किन जन्म भएन शान्तिका दुत गौतम बुद्दहरूको ?, किन आएनन् अरस्तु, रुसो, न्यूटन र आइन्सटाइनका आत्मा ग्रहण गरेका शरिरहरू ? यी र यस्ता प्रश्नहरूले मलाई दोधार तुल्याउँछ र म एउटै निश्कर्षमा पुग्छु । आत्म अमर हुनसक्छ तर आत्मिक पहिचान मृत्युसँगै बिलीन भएर जान्छ जो गुणकारी र हितकारी हुन्छन् तिनीहरूको पहिचान ईतिहासमा लिखत हुन्छ । समयको परिवर्तनसँगै तिनीहरूका कामहरू जीवन्त रहन्छन् र असलहरूका लागि आदर्श पनि बन्छन् तिनीहरू । त्यसैले सबैका लागि नभए पनि धेरैका लागि हितैसी र असल बन्नु उचित हुन्छ ।

    असल भन्नुको अर्थ सोझो र कम बोल्नु भन्ने हैन । प्रतिक्रिया बिहीन, असंवेदनशिल र निष्कृय नरहि जीवन्त बन्नु, ठिकलाई सराहना गर्नुलाई असलपनका लक्षण भन्न सकिन्छ । हुन त असल बन्न र रहिरहन सजिलो छैन प्रयत्नसाध्य र कठिनसाध्य छ तर जीवनको अतभुत आनन्द, सार्थकता र सुन्दरता पनि यसैमा छ ।

    हरेकमा यस्तो सकारात्मक विचार विकास होस् कि, आजको दिन भनेको मेरो लागि हो भन्ने धारणा पैदा होस् र आजका लागि आजै योजना बनाई त्यसलाई आजै फत्ते गर्नु पर्छ भन्ने दृढ सोच होस् जसले मनमा शान्ति त दिलाउँछ नै, भोलिका योजनाहरूलाई अर्थपूर्ण बनाउने हौसला पनि दिन्छ र जीवन भोगाईलाई बुझ्ने बाटो पनि तय गरिदिन्छ ।

    हरेकमा आफ्नै विशिष्ट क्षमता, बुद्धि र विवेक छस आँट छ। तिनलाई निष्क्रीय नराखी, क्रियाशील बनाउनु, अभ्यासमा ल्याउनु र अरु विकसित गराउनुलाई जीवनको उपभोग भन्न सकिन्छ । जसले जीवनको उपभोग गर्नसक्दछ उसले जीवनलाई सुन्दर बनाउन र जीवनको मूल्य बोध गर्नसक्दछ। जीवनको मूल्य बोध गर्नु भनेको जीवनलाई सकारात्मक्तामा भरपुर उपयोग गर्नु हो ता कि मृत्यको क्षणमा पनि आफ्नो जीवन प्रति गुनासो गर्दै मृत्युवरण गर्नु नपरोस् ।

    Related Posts

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार

    मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    ३ माघ २०७९, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.