Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार

    आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

    १४ असार २०८३, आईतवार

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    १४ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » इमरान खानले ‘आपत्तिजनक भिडियो’ माथि आफ्ना पार्टीका सांसदकी श्रीमतीसँग मागे माफी

    इमरान खानले ‘आपत्तिजनक भिडियो’ माथि आफ्ना पार्टीका सांसदकी श्रीमतीसँग मागे माफी

    By सूचनापाना२० कार्तिक २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका ‘सिनेटर (सांसद) की श्रीमतीको गोपनीयता’ माथि भएको हमलाको निन्दा गरेका छन् र प्रधानन्यायाधीशलाई यसको संज्ञान लिन आग्रह गरेका छन् ।

    SuchanaPana.com

    उनले सम्पूर्ण पाकिस्तानको तर्फबाट सांसदकी श्रीमतीसँग माफी मागेका छन् । वास्तवमा इमरान खानको बयान सिनेटर आजम स्वातीको त्यो पत्रकार सम्मेलनपछि आयो जसमा उनले उनको र उनको परिवारमाथि के भएको थियो विस्तृत जानकारी दिएका थिए ।

    आजम स्वातीले के भनेका थिए ?

    पत्रकार सम्मेलनमा आफ्नो व्यथा सुनाउँदै स्वाती रोएका थिए । उनले उनकी श्रीमतीलाई कुनै अपरिचित नम्बरबाट उनको र उनकी श्रीमतीको ‘आपत्तिजनक भिडियो’ पठाइएको जानकारी दिए ।

    साथै, उनले भने, ‘यो भिडियोबारे भन्न सक्दिनँ किनभने मेरो देशका छोरीहरुले यसलाई सुनिरहेका छन् ।’

    उनका अनुसार यो प्रकरणपछि उनकी श्रीमती र नातिनीहरुले देश छोडेका छन् ।

    इमरान खानले ट्वीटरमा भनेका छन्, ‘पाकिस्तान मानवीय गरिमा, परिवारको सम्मान र ‘पर्दा र पर्खाल’ ननाघ्ने इस्लामी नैतिक मूल्यमा बनेको छ ।’

    तर सरकारको हातबाट आजम स्वातीमाथि जे भएको छ, त्यो यी सबै मूल्यमान्यताको उल्लङ्घन हो ।

    उनले भने, ‘हिरासतमा उनको लुगा उतारियो र उनलाई प्रताडित गरियो । अब यो भिडियोमार्फत् उनकी श्रीमतीको गोपनियता भंग भएको छ ।’

    इमरान खानले यो भिडियोलाई स्तब्ध पार्ने, घृणित र अत्यन्त निन्दनीय भनेका छन् । उनले यस्तो अवस्थाबाट कुनै पनि मानिस गुज्रन नहुने बताए । उनले पाकिस्तानका प्रधानन्यायाधीशलाई यस गोपनीयता उल्लङ्घनलाई संज्ञान लिन र नोटिस जारी गर्न माग गरे ।

    उनले भने, ‘ म पाकिस्तानको तर्फबाट श्रीमती स्वातीसँग माफी माग्न चाहन्छु जो सार्वजनिक जीवनबाट टाढा रहने र असाध्यै धार्मिक महिला हुन् । उनलाई यसले दुःख र पीडा दिएको छ र अपमानको जुन भावनाबाट उनी गुज्रनुपरेको छ, त्यसका लागि पूरा पाकिस्तानको तर्फबाट माफी माग्छु ।’

    स्वातीले हिरासतमा यातना दिएको आरोप लगाएका थिए

    यसअघि, इमरानको पार्टी तेहरिक–ए–इन्साफकी सांसद स्वातीले आफूलाई सेना र संघीय अनुसन्धान एजेन्सी ९एफआईए० अधिकारीहरूले ‘हिरासतमा यातना’ दिएको आरोप लगाएका थिए ।

    स्वातीले भविष्यमा अरुलाई यस्तो नहोस् भनेर सेना प्रमुख र प्रधानन्यायाधीशबाट छानबिन गर्न माग गरेका छन् ।

    सेना विरोधी ट्वीट गरेको आरोपमा स्वातीलाई पक्राउ गरिएको थियो । तर, पछि उनी धरौटीमा रिहा भए ।

    पत्रकार सम्मेलनमा स्वातीले घटनामा दुईजना वरिष्ठ सैनिक अधिकृतलाई जिम्मेवार ठहर गरेका थिए । उनले यसमा एफआइएका अधिकारी संलग्न भएको समेत बताएका थिए ।

    इमरानले फेरि लङ मार्च सुरु गर्न सक्छन्

    यसअघि इमरानले शुक्रबार देशवासीलाई सम्बोधन गरेका थिए । बिहीबारको र्‍यालीमा गोली चलाएपछि इमरानले अस्पतालबाटै देशवासीलाई सम्बोधन गरेका थिए । जसमा उनले चार जनाले आफुलाई मार्ने षड्यन्त्र गरेको बताएका छन् ।

    गोलीबारीपछि पहिलो पटक क्यामेराको अगाडि देखा परेका इमरान खानले आक्रमणमा आफूलाई चार गोली लागेको बताए ।

    इमरान खानले देशका जनता आफूलाई सत्तामा हेर्न चोहेको तर कतिपयलाई यो मन नपरेको दाबी गरेका छन् । त्यही भएर उनलाई मार्ने प्रयास गरिएको उनले बताए ।

    उनले भने, ‘अल्लाहले नयाँ जीवन दिनुभएको छ, म फेरि लड्नेछु ।’

    इमरान खानले बिहीबार आफ्नो र्‍यालीमा भएको गोलीबारीमा पुरानो मनोवृत्ति राख्दै सरकारसँग टकरावको प्रक्रिया जारी राख्ने घोषणा गरेका थिए ।

    इमरानलाई पञ्जाबको वजिराबादमा गोली लागेको थियो । सो गोलीबारीमा एक जनाको मृत्यु भएको छ । इमरान खान खतरामुक्त छन् र उनले फेरि लङ मार्च सुरु गर्न सक्नेछन् ।

    बीबीसी

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ’

    १४ असार २०८३, आईतवार

    कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

    १४ असार २०८३, आईतवार

    कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

    १४ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर र रक्तदान गर्ने…

    आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

    १४ असार २०८३, आईतवार

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    १४ असार २०८३, आईतवार

    जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.