Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कृषि प्रधान मुलुकको अवस्था: धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !

    कृषि प्रधान मुलुकको अवस्था: धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !

    By सूचनापाना२४ कार्तिक २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउँछन् ।

    SuchanaPana.com

    ‘पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको चामलमा गुलियोपन छैनु, उनी भन्छन्, ‘पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो । अहिले बास्ना पनि कम आउने र कम गुलियो छ ।’

    कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताए । विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ ।

    ‘पहिले रासायनिक मल भन्ने नै थाहा थिएन । गोठ नै खेतबारीमा राखिन्थ्यो । प्राङ्गारिक मलले उत्पादन पर्याप्त हुन्थ्यो । स्वादिलो हुन्थ्योु, उनी भन्छन्, ‘ढिकी, झाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानी पिसानी हुँदा स्वाद फरक परेको जस्तो लाग्छ ।’

    ‘अहिले खेतीपाती गर्न खर्चिलो छ । रासायनिक मलको प्रयोग गरिन्छ । त्यो किन्नै पर्‍यो । अहिले गाईवस्तु पाल्ने, मल उत्पादन गर्ने प्रचलन हराएको छ । अनि कसरी राम्रो उत्पादन होस् । यो दुःख गर्नुभन्दा बजारको चामल सस्तो पर्छ । केको दुःख गर्नु अहिलेकालेु, ओझा भन्छन्, ‘भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् अचेल । दुःख किन गर्छन् र ?’

    आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनी भन्छन्, ‘अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानुपरेको छ । अहिले तीन भकारी धान भए पनि वर्षभरलाई खान पुग्दैनु, ओझा भन्छन्, ‘रासायनिक मलकै कारण पहिलेको जस्तो आटिलो हुँदैन ।’

    विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताए । केही वर्षदेखि आफूले खेती गर्न नसकेको उनी बताउँछन् । उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्याप्त नहुने अग्रज किसान ओझाको अनुभव छ ।

    उनले अहिले पनि केही खेतमा धान रोप्ने गर्नुभएको छ तर काम गर्न सक्ने अवस्था नभए पनि ज्याला र ट्र्याक्टर लगाएर खेती गर्दै आएका छन् । खेती नगर्न छोरा, बुहारी, नातीनातिनाले सुझाव दिने गरेको उनी बताउँछन् । यस्तै व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए ।

    ‘खेतीपाती गर्न सकिँदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । जसले गर्दा भएको जग्गा जमिन बाँझो भएका छन् र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छु, शाहीले भने । बजारबाट किनेको चामलको मूल्यभन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवापुस्ताले चासो दिन छाडेको अगुवा कृषकको बुझाइ छ । आफैँले खेतीपाती गर्दा उत्पादनभन्दा लागत बढी लाग्ने भएकाले विदेशिने वा बजारमा काम गरेर चामल किनेर खाने चलन बढ्दै गएको उनीहरूको भनाइ छ ।

    कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए । ‘धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि हुँदैन । जसले गर्दा धान खेतीमा युवाको चासो छैनु, उनले भने । साना किसानको धान बिक्री नै नहुँदा पनि उत्पादन घट्ने क्रममा रहेको उनको भनाइ छ ।

    जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताए । सरकारले यसको नियन्त्रणका लागि रणनीतिक योजना तयार गर्नुपर्ने उनीको भनाइ छ । ुजबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैन । तबसम्म बाँझो जमिन बढ्दै जान्छ । यसको न्यूनीकरणका लागि कम्पनी मोडेलतर्फ सरकारले योजना बनाउनुपर्छु, उनले भने ।

    कृषि पेसालाई बचाइ राख्न कम्पनी मोडेलको योजना सरकारले बनाउनतर्फ ध्यान दिनुपर्ने अवस्था देखिएको तिवारीले बताए । ‘कृषि पेसालाई कम्पनी मोडेलतर्फ विकास गर्न सकिएन भने कृषि प्रधान देशमा नै अध्ययनको विषय बन्न सक्ने सम्भाव्यता बढेको छु, उनले भने । कृषि प्रधान देशमा नै कृषि पेसा अध्ययनको विषय बन्ने अवस्थामा पुग्न नदिन किसानसँग सम्बन्धित रहेका पक्ष सचेत हुन आवश्यक देखिएको छ ।

    धान उत्पादन वृद्धि

    चालु आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । ुगत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँु, उनले भने । गत वर्ष आठ हजार हेक्टरमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उनले बताए ।

    यस वर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए । उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उनले बताए ।

    कृषि पेसाबाट विमुख

    कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने कृषक बढ्दै गएका छन् । आफैंले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दुःख गर्न युवा नचाहने बताइएको छ । धान उत्पादनका लागि धेरै खर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउँछन् ।

    उनी भन्छन्, ‘पुरानो परम्परागत खेतीपाती गर्ने चलन छैन । पूर्णरुपमा परम्परागत खेतपाती गर्ने चलन हराएको पनि छैन र पूर्णरुपमा आधुनिक प्रविधिको उपयोगबाट खेतीपाती गर्न सकिएको छैन । यसले गर्दा उत्पादनमा समस्या भएको हो ।’

    स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्णरुपमा आयातित मल, बीउबिजन हुने भएकाले उत्पादन राम्रो भएको देखिने गरेको उनले बताए । धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउँछन् । तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने उनी बताउछन् । ‘पहिले पहिले जस्तो खेताला पाइँदैन । मेसिनको प्रयोग गरिन्छ तर पूर्णरुपमा होइन । आधाआधी मेसिन त्यो चलाउन आफैँले काम गर्नुपर्छ । महँगो पर्न जान्छ यसले युवा विमुख भएको हुनसक्छु, उनले भने ।

    रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने उनीहरूको बुझाइ छ । विगतमा आफ्नै खेतबारीबाट उत्पादित खाद्यान्न खाएर स्वस्थ्य रहने गरेको अगुवा किसानको भनाइ छ । विगतमा तनहुँ जिल्ला करिब करिब धान उत्पादनमा आत्मनिर्भर रहेको अगुवा किसान बताउँछन् । यहाँबाट अन्यत्र निर्यातसमेत हुने गरे पनि हाल जिल्लामा आयात हुने गरेको उनीहरू बताउँछन् ।

    खेती गर्नुभन्दा चामल किन्दा कम मूल्य पर्ने भएर पनि युवा कृषि पेसाबाट विमुख भएको पाइएको वरिष्ठ कृषि विकास अधिकृत तिवारी बताउँछन् । ‘चामल र घर चलाउनकै लागि विदेशिएर आयआर्जन गर्न पुग्ने गरेका छन् । यहीँ उत्पादन वृद्धि र सहज मूल्यको वातावरण बनाउन सरकार र राजनीतिक दलको मुख्य भूमिका रहन्छ । त्यसैले युवालाई कृषि र कृषकले मूल्य पाउने गरी बिक्री नभए सरकार वा कुनै कम्पनीले खरिद गर्ने तथा प्रोत्साहन गर्न जरुरी छु, उनले भने ।

    तनहुँको व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, शिशाघाट, सत्रसय, घाँसीकुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँटमा धान उत्पादन हुन्छ ।

    त्यस्तै देवघाट गाउँपालिकाको वेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबेसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने क्षेत्रमा नै खेतीपाती गर्न कम हुँदा उत्पादन घट्दै गएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.