Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चुनावी सभामा चुच्चे नक्साको चर्चा

    चुनावी सभामा चुच्चे नक्साको चर्चा

    By सूचनापाना२७ कार्तिक २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सुदूरपश्चिम । ‘चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाए ।

    SuchanaPana.com

    सत्ता गठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक ढङ्गले भारतसँग वार्ता गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि फिर्ताको पहल गरिने बताए । सोही सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्शा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र नभइ आफूसमेत पार्टी अध्यक्ष रहेको तत्कालीन नेकपाका बहुमत सदस्यको बलमा बनाइएको बताए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले चुच्चे नक्शा सबै दलको सहमतिमा जारी भएको बताए ।

    यस्तै एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी प्रचारप्रसार सुरु गर्दै चुच्चे नक्शाको मुद्दा जोडतोडकासाथ उठाए । ओलीले नक्शा जारी गर्नमा आफ्नो स्वामित्व रहेको बताए । दार्चुला मात्र होइन अन्य जिल्लामा आयोजित चुनावी सभामा समेत चुच्चे नक्शाको चर्चा ठूला राजनीतिक दलका शीर्ष नेताले गर्दै आएका छन् ।

    प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरामा एक हप्तासम्म सत्ता गठबन्धनको पक्षमा चुनावी माहोल बनाउन व्यस्त रहे । उनी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेलधुराबाट प्रत्यासी छन् । उनले धनगढीमा समेत नेता कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकता दिए ।

    प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले बैतडीको पाटनमा पनि चुनावी सभालाई सम्बोधन गरे । यस्तै एमाले अध्यक्ष ओलीले यही कात्तिक १८ गते एकैदिन दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गरे। उनले शनिबार डोटी र कैलालीका तीन ठाउँमा चुनावी सभालाई सम्बोधन गरे ।

    दार्चुलाबाट २०४८ सालमा विजयी भइ केन्द्रिय राजनीतिमा बलियो स्थान बनाएका सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार दिलेन्द्रप्रसाद बडू उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका ६८ वर्षीय बडू तेस्रो जितको खोजीमा छन् । उनी यसअघि २०५६ को निर्वाचनमा समेत विजयी भएका थिए । संविधानको रक्षा, लोकतन्त्र र आफूबाट सुरु भएका विकास निर्माणका काम पूरा गर्न उम्मेदवार बनेको बडूको भनाइ छ । अन्तिम अवसरको रुपमा उनी मतदातामाझ मत माग्दै हिँडिरहेका छन् ।

    “संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि बनेको गठबन्धन हो । गठबन्धनका उम्मेदवार जित्न जरुरी छ ।” बडूले भने । वि।सं २०४८ मा पहिलो पटक विजयी भएका बडू २०५१ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमसिंह धामीसँग पराजित भएका थिए । उनी २०५६ सालमा पुनः विजयी भए । वि।सं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा दार्चुलाबाट नेकपा माओवादीका लक्ष्मणदत्त जोशी विजयी भए । सो निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्ना दोस्रो र बडू तेस्रो स्थानमा रहे ।

    कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेदवार ठगुन्नाबीच पहिलो प्रतिस्प्र्धा २०६४ सालमा भएको हो । वि।सं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा बडू र ठगुन्नाबीच पुनः प्रतिस्पर्धा भयो । ठगुन्ना विजयी भए । यस्तै २०७४ सालमा भने एमाले उम्मेदवार पुनः विजयी भए । कांग्रेस उम्मेदवार बडू भने समानुपातिकबाट सांसद बने । सो निर्वाचनमा कांग्रेसबाट विक्रमसिंह धामी उम्मेदवार बने ।

    सत्ता गठबन्धनबाट अहिले चुनावी मैदानमा छन् बडू । पाँच दलिय गठबन्धनका कारण तेस्रो जीत निश्चित भएको बडूको दाबी छ । एमाले उम्मेदवार ठगुन्ना पनि आफ्नो जित हुनेमा विश्वस्त छन् । स्थानीय तह निर्वाचनको परिणामका आधारमा आफू विजयी हुनेमा ठगुन्ना ढुक्क छन् ।

    कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेदवार ठगुन्नाका चुनावी एजेण्डा उस्ताउस्तै छन् । दुवै उम्मेदवारले महाकाली करिडोर दार्चुला तिङ्कर सडक समयमै सम्पन्न गर्ने दाबी गरेका छन् । निर्माणाधीन दार्चुला–तिङ्कर सडकको ट्र्याक खुलाउन बाँकी ८७ किलोमिटर क्षेत्र नेपाली सेनालाई दिएको र समयमै निर्माण गर्न पहल गर्ने दुवैको वाचा रहेको छ ।

    यो बाहेक जिल्लाभित्र विद्युतीकरण, खानेपानी, विमानस्थल, पर्यटन पूर्वाधारलगायत दुवै उम्मेदवारका चुनावी मुद्दा रहेका छन् । बडू र ठगुन्ना दुवै महाकाली नगरपालिका–५ का बासिन्दा छन् । एउटै वडाका यी दुवैको मतदान केन्द्र पनि एउटै रहेको छ ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुई नगरपालिकासहित नौवटा स्थानीय तह रहेको दार्चुलामा एमालेले शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन दुहुँ र व्याँस गाउँपालिका प्रमुख जितेको थियो । यस्तै उसले शैल्यशिखर, महाकाली र लेकम गाउँपालिकामा उपप्रमुखरउपाध्यक्ष जितेको थियो ।

    अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख तथा व्याँस र मालिकार्जुन गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । कांग्रेस भने कुनै पनि स्थानीय तहको प्रमुखमा विजयी भएन । काग्रेसले अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकामा उपाध्यक्ष जीतेको थियो ।

    कूल ६१ मध्ये ३४ वडामा एमाले, १९ वडामा कांग्रेस र १० वडामा माओवादी केन्द्र विजयी भएको थियो ।

    स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार एमालेको मत २९ हजार तीन सय ९७, कांग्रेसको २१ हजार पाँच ५४ तथा माओवादी केन्द्रको सात हजार आठ सय ८१ मत रहेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दार्चुलामा ४५ हजार ५४३ पुरुष र ४३ हजार ६११ महिला गरी कुल ८९ हजार १५४ मतदाता छन् । यहाँ ११२ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.