Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कर्मचारी र वडाध्यक्षलाई आयोगले सोध्यो स्पष्टीकरण

    कर्मचारी र वडाध्यक्षलाई आयोगले सोध्यो स्पष्टीकरण

    By सूचनापाना१ मंसिर २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्रमुख ध्रुवप्रसाद सिलवाललाई स्पष्टीकरण सोधेको छ ।

    SuchanaPana.com

    काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेकपा (एमाल)का नेता किरण पौडेलको चुनावी प्रचारप्रसारमा सहभागी भएको भन्दै बुधबार सिलवाललाई स्पष्टीकरण सोधिएको हो । उनीविरुद्ध सो सम्बन्धमा उजुरी परेको आयोगले जनाएको छ ।

    उनलाई २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

    वडाध्यक्ष भट्टलाई स्पष्टीकरण
    निर्वाचन आयोगले कञ्चनपुरको वेद कोट नगरपालिका(५ का वडाध्यक्ष चित्रदेव भट्टलाई स्पष्टीकरण सोधेको छ ।

    वडाध्यक्ष भट्टलाई लेखिएको स्पष्टीकरण पत्र भनिएको छ, ‘तपाईँले वेद कोट नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार तथा कार्यक्रममा सहभागी भएको भनी आयोगमा उजुरी प्राप्त भई यो पत्र लेखिएको छ । प्रस्तुत सन्दर्भमा देहायका विषयमा स्पष्ट गरी यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा, कानुनबमोजिम कारबाही हुने ब्यहोरा जानकारी गराइएको छ ।’

    शिक्षक बस्नेतलाई स्पष्टीकरण
    निर्वाचन आयोगले ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-७ स्थित हिमगंगा माध्यमिक विद्यालयका शिक्षक रामकुमार बस्नेतलाई स्पष्टीकरण सोधेको छ । नेकपा (एमाले)को प्रचारप्रसारमा हिँडेको र आफ्नो फेसबुक पेजमार्फत समेत उक्त दलको पक्षमा मत मागेको भनी उजुरी परेकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.