Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गोरखा : प्रचण्डको क्षेत्रमा मतगणना सुरु हुन सकेन, पुनः मतदान गर्न एमालेको माग

    गोरखा : प्रचण्डको क्षेत्रमा मतगणना सुरु हुन सकेन, पुनः मतदान गर्न एमालेको माग

    By सूचनापाना५ मंसिर २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ। निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् ।

    SuchanaPana.com

    सोमबार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।

    बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ रन्चोकको दुर्गा मावि र हिमालय मावि, सोही पालिकाको सूर्यज्योति मावि, पालुङटार नगरपालिका वडा नम्बर ७ को जीवनज्योति मावि, वडा नम्बर १ को स्थानिका आधारभूत विद्यालय, सिरानचोक गाउँपालिका(८ जौवारी स्थित परोपकार आदर्श मावि र अजिरकोट गाउँपालिका(३ को ज्ञानज्योति माविको मतदान केन्द्रमा बाम गठबन्धनले धाँधली गरेको उनीहरूको आरोप छ ।

    त्यस्तै गोरखा–१ को चार वटा मतदान केन्द्रमा पनि धाँधली भएको उनीहरूले बताएका छन् । भीमसेन थापा गाउँपालिका(१ को बालकल्याण आधारभूत विद्यालय, बिन्द्रवती मावि, वडा नम्बर ८ को भीमसेन आधारभूत विद्यालय र धार्चे गाउँपालिका–३ को पार्वती आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि पुनः मतदान हुनुपर्ने उनीहरूको माग छ ।

    सत्ता र शक्तिको आडमा मृतक, बेपत्ता र विदेशमा रहेकाहरूको नामबाट पनि मतदान भएको एमालेको आरोप छ ।

    अन्य उम्मेदवारका फर्जी प्रतिनिधि खडा गरेको, आफ्ना प्रतिनिधिमाथि हातपात गरेको आरोप समेत उनीहरूले लगाएका छन् । निर्वाचन आचारसंहिता विपरीत बुथ कब्जा गर्दा समेत प्रहरी र प्रशासन मौन बसेको उनीहरूले आक्रोश समेत व्यक्त गरे ।

    पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएपछि गोरखामा अझै मतगणना सुरु हुन सकेको छैन । गोरखा क्षेत्र नम्बर २ को मतगणनाका लागि सोमबार बिहान दश बजे सर्वदलीय बैठक बसेको थियो । तर मतगणना भने सुरु हुन सकेन ।

    मतगणना स्थलको थप व्यवस्थापन गर्नुपर्ने भएकाले सुरु हुन नसकेको निर्वाचन क्षेत्र नम्बर २ का अधिकृत नारदप्रसाद भट्टराईले बताए ।

    यता नेकपा एमाले लगायतका केही साना दलहरू भने धाँधली भएको मतदान केन्द्रमा पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने बताउँदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाल पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारले समेत एमालेलाई साथ दिँदै पुनः मतदानको माग गरेका छन् ।

    गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मतपेटिका हिजै सङ्कलन भइसकेको छ भने १ अन्तर्गत उत्तरी गोरखाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी भइरहेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.