Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्रहरी महानिरीक्षक सिंह र आइजिपी अर्याललाई बालुवाटार बोलाएर देउवाले दिए ‘धन्यवाद’

    प्रहरी महानिरीक्षक सिंह र आइजिपी अर्याललाई बालुवाटार बोलाएर देउवाले दिए ‘धन्यवाद’

    By सूचनापाना१२ मंसिर २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्रका आइजिपी राजु अर्याललाई बालुवाटारमा बोलाए धन्यवाद दिएका छन् ।

    SuchanaPana.com

    प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा सुरक्षा प्रमुखहरूलाई धन्यवाद दिएका हुन्।

    मंसिर ४ मा सम्पन्न निर्वाचन सफल पार्न भूमिका निभाएका सकल दर्जालाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट धन्यवाद र ‘बधाई’ सुनाइदिन आग्रह गरेका छन् । बालुवाटार स्रोतका अनुसार निर्वाचन सुरक्षा र निर्वाचन पछिको अवस्थाबारे दुवै आइजिपीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । निर्वाचनको दिन झडप र कुटपिटबाट बाजुरामा दुईजनाले ज्यान गुमाएका थिए ।

    बाजुराको त्रिवेणी नगरपालिका-७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भातृ सङ्गठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको कुटपिटबाट मृत्यु भएको थियो । निर्वाचन सम्पन्न भएको साँझ कुटपिटबाट ज्यान गुमाएका ऐडीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रधानमन्त्रीले आइजिपी सिंहलाई निर्देशन दिएका छन् ।

    बाजुराको त्रिवेणी नगरपालिका-७ मालाकोटका ३२ वर्षीय चेतनमाथि सामूहिक रूपमा बाजपानी र घरमा कुटपिट भएको थियो । कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको अछाम बयलपाटास्थित न्याय हेल्थ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    चेतन त्रिवेणी नगरपालिका वडा नम्बर˗७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतना एमालेको तर्फबाट मतदान प्रतिनिधि खटिएका थिए । निर्वाचनकै दिन झडपको क्रममा एकजना प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.