Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सशस्त्रका बढुवा भएका ४ मध्ये ३ डिआईजीले लगाए दर्ज्यानी चिन्ह

    सशस्त्रका बढुवा भएका ४ मध्ये ३ डिआईजीले लगाए दर्ज्यानी चिन्ह

    By सूचनापाना८ फाल्गुन २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ४ जनामध्ये ३ जनाले दर्ज्यानी चिह्न लगाएका छन्।

    SuchanaPana.com

    गृह मन्त्रालयको फागुन ४ गतेको निर्णयले बढुवा भएका ४ मध्ये ३ डीआईजीले सोमबार दर्ज्यानी चिह्न लगाएका हुन्।

    सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। दर्ज्यानी चिह्न प्राप्त गर्ने डीआईजीहरूमा अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन्।

    बढुवा भएका अर्का डीआईजी सुरेशकुमार श्रेष्ठले भने देशबाहिर रहेकाले दर्ज्यानी चिह्न लगाउन पाएनन्। उनी संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी)कोअर्डिनेटरको रूपमा दक्षिण सुडानमा छन्। उनले बिदामा आएर दर्ज्यानी चिह्न लगाउन सक्नेछन्।

    सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त थियो। मन्त्रालयले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूको बढुवा गरेको हो। मन्त्रालयले उनीहरूलाई २५ माघमा बढुवा गर्न सिफारिस गरेको थियो। उजुरी नपरेपछि उनीहरूको आइतबार बढुवा भएको थियो।

    दर्ज्यानी चिह्न प्रदान समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आबद्ध भएपछि पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै बढुवासँगै बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए।

    महानिरीक्षक अर्यालले आर्थिक अनियमिततालगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरे पनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सबै तहले कामको मूल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिए।

    उनले बढुवा भएका अधिकृतहरूलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिइएको बताउँदै सशस्त्र प्रहरी बलमा पहिलो ब्याचको रूपमा नयाँ भर्ना भएका अधिकृतहरू पदोन्नति भएकाले यो एउटा ऐतिहासिक पदोन्नति भएको उल्लेख गरे।

    महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहे पनि त्यहाँ संगठनसंग सम्बन्धित हरेक पक्षहरूमा पथप्रदर्शक र रोलमोडल बन्नुपर्ने उल्लेख गर्दै संगठनले विभिन्न पक्षहरूमा सुधारका योजनाहरू अघि सारेको र यस्ता योजनाहरू प्रभावकारी रूपमा गराउन सकलदर्जालाई निर्देशन दिए।

    उनले संगठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धारजस्ता कार्यहरूको माध्यमबाट सशक्त सुरक्षा संगठनको रूपमा उभ्याउन सबैले आ–आफ्नो तह र तप्काबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै आफ्नो पेशागत जिम्मेवारी र संगठनप्रति पूर्ण निष्ठावान भई अनुशासित र इमान्दारितापूर्वक कार्यक्षेत्रमा अब्बल रूपमा प्रस्तुत हुनुपर्ने बताए।

    उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीलगायत वरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.