Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप होस्ः प्रधानमन्त्री

    आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप होस्ः प्रधानमन्त्री

    By सूचनापाना१३ फाल्गुन २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन । 

    SuchanaPana.com

    शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन ।

    विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो संसदका आठ दलबिच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसदको सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसदका अरू दलहरूबिच पनि समझदारीका साथ अगाडि बढेका छौँ। यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ, यो एकप्रकारले राष्ट्रिय सहमति नै हो।’

    उनले अगाडी भने, ‘नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त छैन। लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा टरिसकेको छैन’ प्रधानमन्त्री दाहालले भने, ‘फागुन ७ गते संविधानले नचिनेका नारा लागे। त्यो गम्भीर कुरा छ। हिजो जसरी संसद विघटन गरियो, संविधानमाथि आक्रमण गरियो। त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन। त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ।’

    ‘मैले राष्ट्रिय सहमतिकै लागि कोसिस गरेँ। हिजो एमाले अध्यक्ष केपी ओलीजीसँग पनि तपाई र म मिलेर राष्ट्रिय सहमतिको राष्ट्रपति प्रस्ताव गरौँ भनेँ, तर सम्भव भएन’ प्रधानमन्त्री दाहालले भने, ‘संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज हुँदैन, यही निष्कर्षका साथ फेरि हामी एकठाउँमा उभिएका छौँ। हामी प्राकृतिक कोर्समा फर्किएका छौँ। यो नै मुख्य कुरा हो।’

    सो कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शरदसिंह भण्डारी, बिमलेन्द्र निधि लगायतले महेन्द्रनारायण निधिको योगदानबारे चर्चा गरेका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.