काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ ।
बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन-एएनआर विमानको इन्जिनमा आगो देखिएपछि काठमाडौँ फर्काएर आकस्मिक अवतरण गराइएको थियो । उक्त घटनापछि प्राधिकरणले सबै जहाजको प्राविधिक परीक्षण गर्न उडानमा रोक लगाएको हो ।
सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।
