Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ७२ वर्षमा नेपाली नागरिक बनिन् भक्तमाया

    ७२ वर्षमा नेपाली नागरिक बनिन् भक्तमाया

    By सूचनापाना२५ चैत्र २०७९, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं.४ का भक्तमाया ७२ वर्षको उमेरमा नेपाली नागरिक बनेकी छिन् । ७२ वर्ष लामो जीन्दगी हिमगंगाको माटोमा बिताईसकेकी उनले नेपाली नागरिकता लिएकी थिईनन । भक्तमायालाई प्रमुख जिल्ला अधिकारी अनिता निरौला नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता दिए पछि उनि आधिकारिक नेपाली नागरिक बनेकी हुन् ।

    SuchanaPana.com

    भक्तमायाले जीवनका ७२ वसन्त एक्लो जीवन काटेकी छिन् । परिवारको नाममा एक बहिनि र भाई छन् । भाई पनि अशक्त छन, अशक्त भाई भक्तमायालाई छाडेर छुट्टिएर बसेका छन् । भक्तमाया र उनकी बहिनि मैया सँगै बस्दै आएका छन । उनको भागमा परेको थोरै खेतले केहि महिना खान त पुग्छ तर त्यसपछिका दिनमा उनकी बहिनिले बोनीबुत्तो गरेर छाक टार्दै आएकी छिन् ।

    आर्थिक अवस्था कमजोर भएका भक्तमाया एक पटक लगाएको लुगा नच्यात्ति फुकाल्दिनन् । आफू वा पारिवारिक सदस्य टाठोबाठो भै दिएको भए ६० वर्षकै उमेरबाट सामाजिक सुरक्षाभत्ता लिन पाउँथिन उनले । त्यही थोरै रकम हुँदा पनि नुन भुटुनको जोहो गर्न सहजता हुने थियो उनलाई ।

    जिल्ला प्रशासन कर्यालय रामेछापले शनिवारका दिन पारेर फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई घरमै पुगेर नागरिकता दिएको हो । ७२ वर्षकी सुनुवारको यस अघि पनि नागरिकता बनाउन प्रयास गरिएपनि अन्य मानिससँग नजिक नपर्ने, मोबाइल र क्यामेरा देख्ने वित्तिकै भाग्ने भएकाले फोटो खिच्न नसक्दा सुनुवारको यस अघि नागरिकता बनाउन नसकिएको रामेछाप नगरपालिका–५ का वडा सदस्य सरोज कुमार श्रेष्ठले बताए । उनका अनुसार – ‘परिवारका सदस्य बाहेकका व्यक्तिसँग नजिक नपर्ने र मोबाइल तथा क्यामेरा देखेपछि भाग्ने भएकाले भक्तमायाको फोटा खिच्न मात्र १ वर्ष लाग्यो ।’

    भक्तमायाको परिवारका सबै सदस्यहरु सुस्त मनस्थित छन् । विपन्न परिवारका भएकाले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिएका छैनन भक्तमायाले । सामाजिक सुरक्षा भत्ता दिलाउने उद्देश्यले यसअघि नागरिकता बनाउन धेरै प्रयास गरिए पनि बनाउन नसकिएको रामेछाप नगरपालिकाका नगर उपप्रमुख लवश्री न्यौपाने बताउँछन् । न्यौपाने भन्छन– यस अघिका जनप्रतिनिधिहरूले पनि उनको नागरिकता बनाउन ताकेता गरेको थियो । अहिले प्रमुख जिल्ला अधिकारी सहितको टोली आएर घरमै नागरिकता प्रदान गरिएको छ।

    हिमगंगा, रामेछाप नगरपालिकाको कर्णाली भन्दा खासै फरक पर्दैन। त्यहाँ पुग्ने बाटोहरू अझै पनि गतिला छैनन् । माझी र सुनुवारको नागरिकता नबन्दा उनीहरु सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा सुविधाबाट बञ्चित भएका थिए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली घरमै पुगेर नागरिकता प्रदान गरिएपछि भक्तमायाकी बहिनी मैया सुनुवारले खुसी व्यक्त गरिन् ।

    यातायातको सहज पहुँच नहुदा उनीहरुलाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबारको दिन पारी घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् । अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई सहज सेवा प्रदान गर्नु राज्यको दायित्व भएकाले फरक क्षमता भएका व्यक्ति र ७२ वर्षीय वृद्धालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ निरौलाले बताइन् ।

    जिल्लाका अन्य पालिका तथा वडाहरुमा अशक्त तथा आपाङ्गता भएका व्यक्ति भए, घरमै गएर सेवा प्रदान गर्ने बताउँदै त्यस्ता व्यक्ति बारे जानकारी दिन पनि अनुरोध गरिन् ।लामो प्रयासपछि फरक क्षमता भएका नगरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता दिलाउन सफल भएको रामेछाप नगरपालिका उपप्रमुख बालकुमारी कार्कीले बताइन् । कार्कीले भनिन– हामीले पहिले देखि नै नागरिकता दिलाउन प्रयास गरेका थियौ । आज सफल भयौँ । नागरिकता प्राप्त गरेका माझी र सुनुवारलाई सामाजिक सुरक्षा भत्ता दिलाउन तत्कालै प्रक्रिया अघि बढाउछौँ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.