Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ढुंगा-गिट्टी उत्खननमा ५ करोड बढीको भ्रष्टाचार, भीमदत्तका प्रशासकीय अधिकृतसहित ९ जनाविरूद्ध मुद्दा

    ढुंगा-गिट्टी उत्खननमा ५ करोड बढीको भ्रष्टाचार, भीमदत्तका प्रशासकीय अधिकृतसहित ९ जनाविरूद्ध मुद्दा

    By सूचनापाना२९ चैत्र २०७९, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn


    कञ्चनपुर । भीमदत्त नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

    SuchanaPana.com

    महाकाली नदीमा नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई आर्थिक लाभ हुने गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले ९ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

    आर्थिक वर्ष २०७८/०७९ मा ढुंगा, गिट्टी, बालुवा, ग्राभेलको लागि बोलपत्र आह्वान गर्दा भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गरेको थियो। उक्त सम्झौता गर्दा ५ करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ बराबरको राजस्व रकम हानी/नोक्सानी गरेको अख्तियारको ठहर छ।

    अख्तियारले प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट र लेखापाल (सहायक पाँचौं) दीपेन्द्र चौधरीविरूद्ध भ्रष्‍टाचार मुद्दा दायर गरेको हो।

    अख्तियारले उनीहरूलाई दोब्बर जरिवाना, बिगो र कैद सजाय माग गरेको छ।

    यस्तै, भवानी कन्स्ट्रक्सन प्रा.लि.को सञ्चालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्टविरूद्ध मुद्दा दायर गरेको हो। ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेको हुँदा उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो रकम भराउन मागदाबी गरेको छ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.