दाङ । तुल्सीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।
आइतबार बेलुकी करिब ८:३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिउँडोमा गोली हानी आत्महत्या गरेको इप्रका तुल्सीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए ।
