चितवन । आइतबार सम्पन्न उपनिर्वाचनपछि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।
जारी मतगणनाको पछिल्लो अपडेटअनुसार रविले अहिलेसम्म ५००२९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १ सय ६६ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८८७९ मत ल्याएका छन् ।
अब मतगणनाको अन्तिम चरणमा पुगेकोले लामिछानेले जित्ने निश्चित भइसकेको छ ।
