चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकुहरूलाई दुई लाख दिने निर्णय आफ्नो नभएको बताएका छन् ।
सोमबार बिहान चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले २०७१ सालमा कांग्रेस र एमालेकै पहलमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय भएको जिकिर गरे।
उनले भने, ‘‘लडाकुलाई २ लाख दिने निर्णय २०७१ सालमा त्यतिबेलाको कांग्रेस नेतृत्वको सरकारले गरेको हो। कांग्रेस र एमालेको नेतृत्व भएको बेलामा टुंगिएको हो। विष्णु पौडेल अर्थमन्त्री भएको बेलामा निर्णय भएको हो। मैले मेरो निर्णयले पैसा दिन लागेको होइन।’
०७१ सालको निर्णयलाई कार्यान्वयन गर्न खोज्दा दुई लाखले अर्थतन्त्र संकटमा पर्छ भनेर प्रचार गरिएको उनको भनाइ छ। अयोग्य भनिएका ४८ सय लडाकुलाई किस्ताबन्दीमा रकम दिने उनले बताए।
