Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नक्कली भुटानी शरणार्थी प्रकरणका ५ आरोपीको बयान सकियो

    नक्कली भुटानी शरणार्थी प्रकरणका ५ आरोपीको बयान सकियो

    By सूचनापाना१४ जेष्ठ २०८०, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गरेको गिरोहमा संलग्न ५ जनाको थुनछेक बयान सकिएको छ।

    SuchanaPana.com

    जिल्ला अदालत, काठमाडौँमा आइतबार आरोपी टङ्क गुरुङ, लक्ष्मी महर्जन र सन्दीप महर्जनको बयान भयो। यसअघि प्रकरणका आरोपी सागर राई र केशव दुलालको बयान सकिएको छ।

    राई मोरङको पथरीशनिश्चरेका पूर्व वडाध्यक्ष हुन्। मोरङका दुलाल काँग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनका स्वकीय सचिव थिए। महर्जनका प्रकरणका आरोपी केशव तुलाधरकी श्रीमती हुन्।

    ठगी गरिएको रकम उनको खातामा पनि जम्मा भएको पाइएपछि प्रहरीले उनलाई प्रतिवादी बनाएको थियो।

    अदालतमा बयान दिँदै उनले शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी छन्। एक जना कानून व्यवसायीका अनुसार, आइतबार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईको बयान लिने तयारी थियो।

    तर, न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाससामू उभिएर उनले आफूलाई विसञ्चो भएको बताउँदै बयान दिन मानेन्। सुरुमा ब्रेक समयपछि बयान दिने बताएका उनले त्यसपछि पनि बिरामी भएको भनेपछि मंगलबारलाई उनको बयान सरेको छ।

    पक्राउ परेका १७ जना प्रतिवादीहरूको थुनछेक बहस अघि अहिले बयान भइरहेको हो। बयानपछि बहस हुनेछ, त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने तीन मध्ये एक निर्णय सुनाउनेछ।

    जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले चार दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर गरेको थियो।

    एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानका आधारमा मुद्दा दायर भएको थियो।

    आरोपितहरुमध्ये १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन्। सबैविरुद्ध सङ्गठित ठगी, राष्ट्रहित प्रतिकूल हुने कसुर र कीर्ते गरेको अभियोग छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.