Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » युरोपको यात्रा… काम र दाम खाड़ी को भन्दा कम थिएन !

    युरोपको यात्रा… काम र दाम खाड़ी को भन्दा कम थिएन !

    By सूचनापाना१ असार २०८०, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    निर्मला देवि तिम्सिना,

    SuchanaPana.com

    झस्किएको सपना र चस्किएको मुटु बोकेर रमाउँदै रहरले सायदै कोही विदेसिदैन होला !! ओछ्यान पर्दै गरेका बा – आमा को सेवा गर्नु जीउँदा भगवानको सेवा गर्नु थियो ! काख भरिका बच्चालाई ममता दिनु आफैं भगवान हुनु जस्तै थियो !! पति सेवा पनि कुनै मन्दिर धाए भन्दा कम थिएन तर जहाँ अकिञ्चन हुन्छ त्यहाँ सबै कुरा भएर पनि शान्ति हुँदो रहेनछ !! पैसा नै सबैथोक हैन त पैसा हुनेले भन्ने रहेछन् !! पैसा नहुनेलाई सबैथोक पैसा नै हुनेरहेछ !!

    पन्ध्र वर्षको लामो समयको अथक परिश्रम र ठूलो रकम तिरेर बटुलेका प्रमाणपत्रहरु सयौँ कार्यलयका
    प्रमुखहरुले पल्टाउँदा पल्टाउँदै धर्सि सकेका थिए! निक्कै समय लगानी गरेर श्रम बेच्न प्रमाणपत्र किनेकी थिएँ ।तिनै प्रमाणपत्रहरु मूल्यहीन भएपछि मेरो श्रम कहाँ बिक्थ्यो र ! गाउँमा भएको अलिकति खेत बारी पनि बा आमाले मेरो भविष्य ठूलो बनाउने सपनाले मेरा प्रमाणपत्र किनि दिँदै बेची सकेका थिए !! खास त्यो जग्गा थियो त दुई छाक टार्न आनन्दले सकिने थियो !!

    शहरका अनेक चोक चोकमा र गल्लि गल्लिमा भोकाएको चितुवा भौतारिए जसरी वर्षौं भौतारी रहें!! दिन आवश्यकताले भौतरिन्थे र रात अभावले !! मेरो अथक छट्पटीले आवश्यकताका खात दिन दुई गुणा रात चौ गुणा थपी रहेका थिए !! पुर्खाहरूले नेपाली हुनुमा गर्व गर्ने हौसला छोडेर गएका भए पनि तत्कालिन जल्दा बल्दा छ्याप छ्याप्ती मौलाएका ब्वाँसा र धमिराले देश ख्वाप्लक्क निली सकेका थिए !! जसले गर्दा नेपाली भनेर आफुलाई चिनाउँदै गर्दा आफैं शीर झुकेको महसुस हुन्थ्यो!! दलाल,घुसखोरी र तस्करले मात्र सम्पत्तिका ठूला पोका जम्मा पारेका छन् भन्दा अनुचित नहोला !! सामान्य व्यक्ति गरिबीको ठूलो चक्रभ्युमा होमिएको कुरा दिनमा लाखौं लाख युवा युवती विदेसिन लाइन लागेको विमान स्थलको यात्राले बताएको हुन्छ !! त्यो यात्रा मैले पनि तय गरेँ !!

    पहिला त श्रम बेच्ने आशाले प्रमाणपत्र किनेको थिएँ यो पाली आफैलाई बेचि दिएँ !! निक्कै महँगोमा आफूलाई बेचेर युरोपको साइप्रस तिर लागें !! यात्रा आफैसँग अन्जान थियो !!। पिडाले जिउँदै मारिरहेको थियो !! प्रकृतिले छोरी मान्छे लाई धेरै कुरा त्याग्न सिकाएको थियो जन्म घर, जन्मदाता ,आफन्त, साथी ,रहर , सबै त्याग्न सिकाए पनि जन्माएको मान्छेलाई चटक्क छोडेर हिँड्दा सबै छोडेको भन्दा धेरै पीडा हुँदो रहेछ !! मेरो मुटुको टुक्राको अनुहारमा आँखाले अन्तिम स्पर्श सम्म लिन नसकेरै यात्रा अगाडि बढाए !!

    भुइँमा खुट्टाले हिँडेको अनुभव धेरै थियो , गाडीको यात्राको अनुभव पन थियो ,आकाश भित्र जहाज को यात्रा अनुभव थिएन ! अनुभव बिनानै लामो यात्रा सकिएछ पत्तै पाइन !! मन आफूसित भए पो थाह हुन्थ्यो !! एउटा मृत मान्छे जो चितामा सुतिरहेको छ उसले के नै थाहा पाउन सक्छ र !! यदि थाहा पाउने भए आगोले उसलाई किन पोलेन , उ किन चिच्याएर उठेन ! म त्यो बखत चितामा सुते भन्दा केही कम थिइन् !

    युरोपको मैदानमा उत्रिएका मेरा पाइला बेसुर चले कसैको इसारामा !! पाइला मात्र चलेनन् भाषा ,संस्कार ,खान पान, सबै अरुकै इसारामा चले ! यति सम्म भयो म को हुँ भनेर चिमटी चिमटी आफू भएको सम्झना आफूलाई दिन्थेँ !! नाम युरोप भएपनि काम र दाम खाड़ी को भन्दा कम थिएन ! आठ घण्टा कामको सम्झौता भए पनि चौबिसै घण्टा खटिनु पर्ने रहेछ !! स्वतन्त्रता हराउँदो रहेछ !! एक कैदी बराबर !! यस्तो हुन्छ भनेर नबुझी आएको भने पक्कै हैन ! बुझेर आत्म समर्पण गर्नु सिवाय के नै हुन्छ र गरीबिको !! बल्ल महिनामा एकदिन छुट्टी निस्कने अवसर जुट्यो नेपाली अनुहार देख्दा थामी नसक्नु मुटु दुख्यो !! कति धेरै दिदी बहिनी र दाजु भाइ बिदेसिएका रहेछन् !! यति सानो देशमा त यति धेरै दिदी बहिनी र दाजु भाइ हुनुहुन्छ भने अरु ठूला ठूला देशमा कति दाजुभाइ र दिदी बहिनी हुनुहुन्छ होला !!? मन झन् भारी भयो । महिना भरि उकुसमुकुस भएर काम गर्दै बल्ल बल्ल महिनामा चार सय यूरो थाप्दा आएको रुपैयाँ सम्झेर झन् बढी मुटु दुख्थ्यो !! त्यो पनि बुझी बुझी आएको हो !! भिखारीलाई जति सरापे पनि माग्न छोड्दैन ! बाध्यता नै बुझ पचाउनु थियो !! जति पीडा भए पनि साथीहरुसित हाँसेर फोटा खिचियो !! हाँसेका फोटाले सुख अनुभूति दिए पनि पीडाका चाङ्हरुले मुटु फुट्ने गरि थिचिएको थियो !! मानौँ कुनै ठूलै पहाड छातीमाथि ढसमस बसेको छ ।

    निश्चित आबस्यकता किन्न कर्तव्य बेचेको छु , प्रेम बेचेको छु ,ममता बेचेको छु र खुशी बेचेको छु !! रहरले विदेश गएकी होस् भन्नेलाई के थाहा बाध्यता र जिम्मेवारी अनि स्तन पान गर्दा गर्दैको बाल शुलभ ममता !! जिम्मेवारीले धेरै कुरा सिकाउँछ अरूको कमाई खाएर कोठे रानी हुनेले कहाँ पाएर नयाँ अनुभव बटुल्नु ! नयाँ कुरा देख्न पाउँनु !! दुःख खोज्ने ले मात्र मिठो अनुभव बटुल्छ !!। दुःख भित्र असीमित ज्ञान हुन्छ जति पुस्तक का पन्ना भित्र हुँदैन !!

    माया गर्ने आफन्तहरूले कहिले नेपाल फर्किने भनेर प्रश्न माथि प्रश्न गरी रहेका हुन्छन । मौन रहेको छ मेरो उत्तर ! उनीहरूलाई दिने उत्तर आफैसित प्रश्न बनेको छ !! नेपाल गएर के गर्छेस् ? यत्रो वर्ष नेपाल बसेर के गरिस् ? अब तुरुन्तै जान्छेस् ? लाचार छन् उत्तरहरु ! आँखा भरि प्यारो जन्म भूमिको तस्बिर कैद छ !! मुटुभरी आफन्त र देशको माया छ !! हरेक रात सपना भरि आफ्नै माटोमा आफन्तकै साथमा हुन्छु !! झस्किएर विउँझिदा पनि आफूलाई ठेगानमा पाउँदिन !! प्रिय देश तिम्रै असीमित माया छ !! तिम्रो मायाको तराजुमा कोही बढी हुनै सक्दैन !! तर कहिल्यै नफर्कनू जस्तो लाग्छ तिम्रो माया नलागेर हैन तिम्रो सर्वनाश हेर्न नसकेर !! तिमिलाई दिनदिनै सक्दै छन् तिम्रा अराजक सन्तानले !! तिमिलाई खरानी बनाउँदै छन् असत्तीहरुले ! तिमी जल्दै गरेको हेर्न कसरी आउ आमा !! तिमी नै सुरक्षित छैनौ भने हामी कसरी सुरक्षित हुँला !! तिम्रो सुरक्षा चाहने निर्मला !!!

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.