काठमाडौँ । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतले पेश गरेको बन्दी प्रत्यक्षीकरण निवेदनलाई अरु निवेदनका साथमा राखेर पेश गर्नु भनी आदेश गरेको छ ।
न्यायाधीशहरु सुष्मालता माथेमा र डा. कुमार चुडालको इजलासले ललितानिवास प्रकरणमा थुनिएका अरु आरोपितहरुको निवेदनको साथमा राखेर सचिव राउतको निवेदन समेत पेश गर्नु भनी आदेश गरेको हो ।
ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको निवेदन आइतबार सुनुवाइ हुँदैछ । सर्वोच्चको शुक्रबारको आदेश अनुसार सचिव राउतको निवेदन समेत आइतबार फेरि सुनुवाइ हुनेछ ।