Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    ६ असार २०८२, शुक्रबार

    डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

    ६ असार २०८२, शुक्रबार

    दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओली खुसी

    ६ असार २०८२, शुक्रबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चारित्रिक विवादमा मुछिए दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, प्रमाण मेटाउन भित्तामा रंगरोगन !

    चारित्रिक विवादमा मुछिए दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, प्रमाण मेटाउन भित्तामा रंगरोगन !

    By सूचनापाना१४ श्रावण २०८०, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दमक । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौला चारित्रिक विवादमा मुछिएका छन् । उपसचिव निराैलाले सरकारी क्वार्टरमा एक महिलासँग अनैतिक कार्य गरेको भिडिओ सार्वजनिक भएको छ ।

    SuchanaPana.com

    रक्सीको नशाले मातिएकोी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । यद्यपि, उनीहरु पति पत्नी होइनन् ।

    दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबु हुन् । दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला नै भएको पुष्टि गरे । छानबिन गरी प्रमाणित भए कारबाही गरिने उनले बताए । भिडियोले दमक नगरपालिकाकै बदनाम भएको दाहालको भनाइ छ ।

    भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिकाका कर्मचारीले बताएका छन् । निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरे  ।

    यसैबीच भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । उनले नगरपालिका परिसरमा रहेको क्वाटरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन् । घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वाटरस्थित बेडरुमको रंग परिवर्तन गरेको स्रोतले बतायो । पहिलेको हरियो रंग बदलेर उनले पहेँलो रंग दल्न लगाएका छन् ।

    उनी यसअघि ताप्लेजुङको सीडीओ हुँदा पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए । झापामा सहायक सीडीओ हुँदा जग्गा किर्ते प्रकरणमा परेका थिए।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    ६ असार २०८२, शुक्रबार

    डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

    ६ असार २०८२, शुक्रबार

    दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओली खुसी

    ६ असार २०८२, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    सुरक्षा-अपराध

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    काठमाडौं । सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय…

    डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

    ६ असार २०८२, शुक्रबार

    दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओली खुसी

    ६ असार २०८२, शुक्रबार

    जापानमा चामलको मूल्य दोब्बर

    ६ असार २०८२, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    ६ असार २०८२, शुक्रबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.