Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तीनकुने सामुहिक हत्याका अभियुक्त भण्डारीको बयान: घटनास्थलमा आउने अन्तिम व्यक्तिलाई नमारी भागेकोमा पश्चाताप छ

    तीनकुने सामुहिक हत्याका अभियुक्त भण्डारीको बयान: घटनास्थलमा आउने अन्तिम व्यक्तिलाई नमारी भागेकोमा पश्चाताप छ

    By सूचनापाना२६ आश्विन २०८०, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । गत भदौ २९ गते तीनकुनेको गैरीगाउँमा ४ जनाको सामुहिक हत्या गर्ने सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीले प्रहरी समक्ष सनसनीपुर्ण बयान दिएका छन् ।

    SuchanaPana.com

    फरक क्षमता भएका बोल्न र सुन्न नसक्ने भण्डारीले गत भदौ २९ गते साँझ तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलभित्र ४ जनाको सामूहिक हत्या गरेका थिए ।

    घटनामा दोलखा घर भइ सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।

    भण्डारीसँग दोभाषेको सहयोगमा प्रहरीले बयान लिएको थियो । बयानमा भण्डारीले आफू निर्दयी रहेको र कसैप्रति दयामाया नजाग्ने बताएका छन् ।

    उनले आफूजस्ता श्रवण शक्ति नभएकाहरुप्रति गरिने सामाजिक विभेदका कारण आफू निर्दयी भएको र सोही कारण तीनकुनेबाहेक रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि मान्छे मारेको सनसनीपूर्ण बयान दिएका छन् । यद्यपि त्यहाँ मान्छे मरेको वा मारिएको थियो कि थिएन भनेर प्रहरीले अनुसन्धान गरिरहे पनि कुनै सुराक पाउन सकेको छैन ।

    यस्तो छ भण्डारीको डरलाग्दो र बर्बर बयान,
    सांकेतिक भाषाको माध्यामबाट अध्यापन गराईने श्री सिन्धु बहिरा आधारभूत विद्यालय बाह्रबीसे सिन्धुपाल्चोक फाँटको छात्रवासमा बसी कक्षा १ देखी कक्षा ८ सम्म अध्ययन गरेँ। त्यसपश्चात् काठमाडौं नक्सालमा रहेको छात्रवासमा बसी श्री केन्द्रीय बहिरा उच्च माध्यामिक विद्यालय नक्साल काठमाडौंमा शिक्षा संकायमा अध्ययन गरी १२ कक्षा पास गरेको छु।

    १२ कक्षा पास गरेपछि मजस्तै बहिरा साथीहरू रोशन कार्की, पंकज शर्मा र शिवराम मगर भन्ने साथीहरूसँग मिली काठमाडौं धुम्बराहीस्थित धीरज नकर्मीको घरको एउटा कोठा भाडामा लिई ३/४ महिना जती बस्यौँ। त्यसपछि गाउँको घर सिन्धुपाल्चोक गई बसेँ। समय समयमा काठमाडौं आउने जाने गर्दथेँ। २०७९ कात्तिकतिर काठमाडौं आई काँडाघारीस्थित कान्छी दिदी भगवती भण्डारीको डेराकोठामा लगभग ३÷४ महिना बसी कम्प्युटर सिकेँ।

    पुनः गाउँको घर सिन्धुपाल्चोक बाह्रबीसेमा गई बसेकोमा घटनाको दिन काठमाडौं आई घटना घटाएको हुँ। मिति २०८० भदौ २९ गते राति जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर ३२ तीनकुनेस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगमा मैले चारजना व्यक्तिको हत्या गरेको हुँ। मैले हत्या गरेको मृतकहरूको नाम विशाल भन्ने नवीन राई, कुमार भन्ने पूर्णबहादुर भुजेल, अम्बिका भुजेल र शुभद्रा भुजेल भन्ने पछि थाहा पाएँ। म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एकपटक देखेको व्यक्तिलाई सधैँ चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्नसक्छु।

    मलाई मोटरसाइकलले ठक्कर दिँदा, मैले ठक्कर दिने मोटरसाइकल चालकको अनुहार, आखा, शरीरको जीउडाल लगायतको हुलिया राम्रोसँग नियालेको कारण मेरो मानसपटलमा गहिरो स्मरण भइरहेको थियो। दुर्घटनापश्चात् मोटरसाइकल कोटेश्वरतर्फ गएको थियो। मलाई ठक्कर दिई उपचार खर्च नदिई हातपात गर्ने मोटरसाइकल चालकको म निरन्तर खोजीमा थिएँ।

    सोही क्रममा म काँडाघारीमा बस्ने हुँदा कोटेश्वरको बाटो हुँदै आवतजावत गर्ने क्रममा मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई पैदल हिँडेको अवस्थामा देखी मैले निजलाई चिनिहालेँ। म निजको पिछा गर्दै जाँदा काठमाडौं तीनकुनेस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगभित्र छिरे, त्यसपछि पटकपटक काष्ठ उद्योगको वरपरबाट नियाल्दा काष्ठ मिलको पश्चिमतर्फको फलामे डन्डीको गेटसँग सटाई बनाएको अस्थायी टहराहरूमा बस्ने गरेको निश्चित भयो।

    निजको नाम नवीन राई भन्ने पक्राउ परेपछि थाहा पाएको हुँ। मलाई ठक्कर दिई, हातपात गरी मेरो आत्मसम्मानमा चोट पु¥याउने मोटरसाइकल चालक नवीन राई बस्ने स्थान जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थितको दिव्य सःमिल एन्ड काष्ठ उद्योग पत्ता लगाइसकेपछि मैले निजलाई मार्न सकिने अवसर खोज्दै गर्दाको अवस्थामा म सिन्धुपाल्चोक बाह्रबीसेस्थित आफ्नो घरमा गई करिब एक÷दुई महिनाजति घरमा बसेँ।

    घटनाको अघिल्लो दिन बेलुका काठमाडौं गई मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई मार्नुपर्छ भन्ने लाग्यो। भोलि काठामाडौं गई मार्ने योजना बनाएँ। सोहीअनुसार घटनाको दिन नवीन राईलाई मार्नको लागि पहिलेदेखि घरमा राखेको खुकुरी, मेरो परिचयपत्रहरू, कपडासमेत झोलामा राखी, लिई अन्दाजी बिहान ११ बजेतिर बाह्रबीसेस्थित अरनीको यातायातको काउन्टरमा आई अपाङ्ग छुटको सुविधा लिई भाडा तिरी बस चढी काठमाडौं हिँडेँ।

    बेलुका अन्दाजी ४ बजेतिर बसले काठमाडौं कोटेश्वर ल्याई पु¥यायायो र सोही स्थानमा बसबाट उत्रिएँ। कोटेश्वरबाट अर्को गाडी चढी चाबहिल पुगेँ। चाबहिलबाट पदैल हिँड्दै गहना पोखरी हुँदै नक्साल गई मजस्तै बहिरा साथीहरू चित्रबहादुर लामा, मनीष शाह र विवेक बस्नेतलाई भेटी केही समय सामान्य व्यक्तिगत गफ गरी निजहरूसँग छुट्टिई पुनः नक्सालबाट पैदल हिँड्दै गहनापोखरी चाबहिल एयरपोर्ट हुँदै घटनास्थल तीनकुने गएको हुँ।

    घटनास्थल जाने क्रममा गौशालाबाट मोबाइल अफ गरेँ। खुकुरी राखेको झोला मैले बोकी हिँडेको थिएँ। घटनास्थलमा पुग्दा राति अन्दाजी ७ बजिसकेको थियो। घटनास्थल दिव्य सःमिल एन्ड काष्ठ उद्योगको दक्षिणमा एयरपोर्ट देखिने रिङरोडतर्फ मूल गेट थियो। मूल गेटअगाडि केही चहलपहल देखिन्थ्यो। सो गेटबाट पश्चिम अन्दाजी १०/१५ मिटरको दूरीमा दिव्य सःमिल एन्ड काष्ठ उद्योगको पश्चिम गेटतर्फ जाने बाटो छ। सो बाटोबाट पश्चिततर्फको गेटमा गएँ।

    उक्त बाटोबाट काष्ठ उद्योगसँगै रहेको मार्बल उद्योगमा जाने गेट छ, त्यो गेट बन्द थियो। बाटो त्यहीँ अन्त्य भएको थियो। अन्यत्र जान आउन सकिने अवस्था थिएन। पश्चिम गेट अगाडिको दुईवटै ठूलो घर पूर्ण रुपमा खालीजस्तो सुनसान थियो। त्यहाँ मानिसको चहलपहल हुने ठाउँ थिएन। पश्चिम गेट फलामको डन्डीहरू जोडी बनाएको थियो। सोही फलामको डन्डीहरूमा समाती नाघेर गेटसँगै रहेको दिव्य सःमिल एन्ड काष्ठ उद्योगको एककोठे कच्ची टहराको घरमा प्रवेश गरेँ।

    खुकुरी झोलामा थियो। सुरुमा प्रवेश गरेको पश्चिम गेटनजिकको एक कोठे टहरो घरको कोठामा ढोकाको चुक्कुल मात्र लगाएको चाबी लगाएको थिएन। चुक्कुल खोली कोठा भित्र गएँ। कोठामा चुरोट खाएँ। लगभग १५ मिनेट जती कोठामा एक्लै बसेँ। कोठाको सामुन्ने अगाडि भुइँतला समेत दुईतले कच्ची टहरो घर थियो। घरको भुइँ तला बन्द र माथिल्लो तलाको ढोका खुला, बत्ती बलिरहेको अवस्थामा थियो। बत्ती बलेको कोठामा बाहिरबाट जाने फलामे गोलो रेलिङ भ¥याङ थियो।

    सुरुमा प्रवेश गरेको कोठाबाट निस्किई कोठाको सामुन्नेको टहरोमा गई फलामे रेलिङ गोलो भ¥याङ चढी बत्ती बलिरहेको माथिल्लो कोठामा गएँ। कोठाको बीचमा बार लगाई दुईवटा कोठा बनाई अफिसको लागि प्रयोग गरेका रहेछन्, कोठामा कोही थिएनन्। केही समय त्यही कोठामा राखिएको सोफामा बसेपछि बाहिर मान्छे आएको जस्तो लाग्यो। उठेर हेर्दा बाहिर मान्छे हिँडेको देखेँ। उक्त मान्छे पश्चिम गेटतर्फ गई, फर्किई पूर्वतर्फ गई पुनः फर्किई आउँदै थिए। आउँदै गरेको व्यक्ति मलाई ठक्कर दिई हातपात गर्ने मोटरसाइकल चालक नवीन राई रहेछन्, चिनिहालेँ।

    नवीन राई म बसेको कोठातर्फ आउन थाले। म पूर्वयोजना बमोजिम झोलाबाट खुकुरी निकाली कोठाको ढोकामा तयारी अवस्थामा बसेँ। नवीन राई ढोकामा आइपुग्नासाथ मलाई देखे। मेरो गाला माथि टाउकामा झापड हाने।

    मैले दुवै हातले खुकुरी मजबुत तवरले समाती बल लगाई निजको टाउकोमा जोडले प्रहार गरेँ। रगताम्मे भई ढले। ढलेपछि पनि मैले टाउकोमा पटकपटक प्रहार गरेँ। मरेको एकिन भएपछि उसको खुट्टामा समातेर घिसारी कोठाभित्र छेउमा लगी राखेँ। केही समयपछि कोठा बाहिर आँगनजस्तो भागमा अर्का ५०÷५५ वर्षजतिको देखिने छोरा मान्छे फोनमा कुरा गर्दै आएको जस्तो लाग्यो।

    कोठाबाट तल झरी निजको पछाडि टाउकोमा जोडले खुकुरीले हानेँ। निज एकै चोटमा ढले, ढलेपश्चात् पनि टाउकोमा पटकपटक प्रहार गरेँ। मरेको एकिन भएपछि निजको दुवै खुट्टामा समातेर घिसार्दै टहराको पछाडि कुनामा रहेको ट्वाइलेटको ढोकाको छेउमा लगेर लुकाएँ।

    शव लुकाएर आउँदा सोही ठाउँनजिकै आँगनमा अर्को महिला आउँदै गरेको देखेँ। उनलाई पनि खुकुरी हानेँ। सुरुमा हान्दा छेकेको जस्तो लाग्यो। तत्कालै दोस्रोपटक जोडले हान्दा भुइँमा ढलिन्।

    ती महिलाको शव पनि दुईवटा गोडामा समाई घिसारी केटा मान्छेको शव लुकाएको ट्वाइलेटको ढोकानजिकै पानी तान्ने चापाकलको छेउमा लुकाएँ। लगत्तै झोला भिरेकी बूढी मान्छे आँखा नदेखेको जस्तो गरी बिस्तारै भुइँतिर हेर्दै आइन्।

    ती बूढी मान्छेलाई समाती घाँटी रेटी मारी शवलाई घिसारेर काठहरू राखेको कुनामा लगी लुकाएँ। त्यसपछि यताउता हेरेँ, कसैलाई देखिनँ। लगभग रातिको ९ जति बजिसकेकाले सुनसान थियो। म थाकिसकेको थिएँ।

    शवहरू लुकाएको नजिकै चापाकलको धारामा प्लास्टिकको बाल्टी थापिरहेको रहेछ। धारा थिची धाराबाट पानी निकालेर हात, मुख, खुकुरी धोएँ। मेरो कपडामा लागेको रगत पुछेँ र अफ गरेको मोबाइल अन गरी मोबाइलको लाइट बाली शरीरको रगत पुछिएको छ÷छैन एकिन गरेँ। त्यसपछि चुरोट खाएको पहिलेको कोठामा गई आराम गरेँ। लगभग डेढ दुई घण्टाजति आराम गरेपछि फ्ल्यास लाइटहरू आएको जस्तो लाग्यो। घटना सम्बन्धमा थाहा पाई मानिसहरू जम्मा हुन लागेको जस्तो लाग्यो।

    खुकुरीसहितको झोला बोकेर घटनास्थलमा प्रवेश गरेको गेट नाघेर दगुर्दै सडक क्रस गरेर तीनकुने हुँदै कोटेश्वरतर्फ भागेको हुँ। नवीन राईको हत्या गरेपछि हत्या गरेको स्थानमा अन्य तीनजना व्यक्तिहरू कुमार भन्ने पूर्णबहादुर भुजेल, अम्बिका भुलेल र शुभद्रा भुजेल आएको देखी निजहरूले मलाई देखी नवीन राईको हत्या गर्ने व्यक्ति भनी चिन्ने र चिनाउने भएको हुँदा घटनाको प्रत्यक्षदर्शी प्रमाण नष्ट गर्नको लागि निजहरूको पनि हत्या गरेको हुँ।

    घटनास्थलबाट बाहिर निस्की दगुर्दै घटनास्थलअगाडिको तीनकुने रिङरोड अगाडिको बाटो क्रस गरी केही परसम्म दगुरी त्यसपछि सडकको किनारै किनार छिटोछिटो हिँडी जडीबुटी चोकसम्म गएँ। त्यहाँबाट काँडाघारीस्थित दिदी–भिनाजु विशाल डोटेल र भगवती भण्डारी बस्ने कोठाको घरमा गई घरको गेट घचघचाई खोल्न अनुरोध गर्दा गेट खोलेनन्।

    लगभग दुई घण्टासम्म गेट बाहिर बसी गेट माथिबाट चढी घर कम्पाउन्डभित्र गई कोठाको ढोका ढकढक गरेँ। त्यो कोठामा मेरा भिनाजुको भाइबुहारी बस्न थालेका रहेछन्। दिदी–भिनाजु अर्को घरमा सरेका रहेछन्। भिनाजुको भाइबुहारीले भिनाजुलाई फोन गरी बोलाइदिए। भिनाजु विशाल डोटेल आएर नजिकै रहेको कोठामा लगे।

    कोठामा पुगेपछि दिदीले खाना दिइन्। खाना खाई दिदी–भिनाजुको कोठामा बसेका उमेश माझी र म एउटै खाटमा सुत्यौँ। हाम्रो घरमा पहिलेदेखि घरायसी प्रयोजनको लागि तीनवटा खुकुरी राखेका थिए। त्यसमध्ये मेरो साथबाट बरामद भएको खुकुरी पनि हो। उक्त खुकुरी केही वर्ष अगाडिदेखि मैले लिई हिँड्ने गरेको हुँ।

    प्रहरी प्रतिवेदन साथ पेस भएको खरानी रंगको छिर्केमिर्केजस्तो अगाडि नाइक लेखेको टिसर्ट, कालो जिन्स पाइन्ट, जुत्ता एक जोर र खैरो रंगको मोजा एक जोर मैले लगाएको मेरो टिसर्ट, पाइन्ट, जुत्ता र मोजा हो। पक्राउपश्चात् मलाई हिरासतमा राख्ने क्रममा मैले लगाएको टिसर्ट, पाइन्ट, जुत्ता र मोजामा रगतजस्तो पदार्थ रहेको भनी हिरासतमा प्रहरीले मलाई खोल्न लगाए।

    प्रहरी प्रतिवेदन साथ पेस भएका टिसर्ट, पाइन्ट, जुत्ता र मोजा लगाई वारदातको दिनमा सिन्धुपाल्चोक बाह्रबीसेस्थित घरबाट काठमाडौं आई सोही कपडा, जुत्ता मोजा लगाएको अवस्थामा ४ जनाको खुकुरी प्रहार गरी हत्या गरेको हुँ। सोही क्रममा मृतकहरूको शरीरबाट बगेको रगत मेरो कपडा, जुत्ता, मोजामा समेत लागेको हुनसक्छ। एयरपोर्ट गोल्डेन गेटको फुटेजमा गौशाला त्रिभुवन विमानस्थल हुँदै सिनामंगलतर्फ जाँदै गरेको कालो–कालो खैरो–खैरो छिर्के मिर्के टिसर्ट, कालो पाइन्ट, कालो जुत्ता लगाउने, पछाडि कालो ब्याग बोकेको, कपाल बाँधी जुरेली बनाएको गौशालाबाट घटनास्थलतर्फ जाँदै गरेको व्यक्ति म हुँ।

    सामाजिक विभेदका कारण म निर्दयी छु। कसैप्रति माया ममता जाग्दैन। विगतमा पनि यस्ता घटना धेरै घटाएको हुनाले मैले हत्यापछि घटनास्थलमा प्रवेश गर्दा पहिल पुगेको कोठामा गएर आराम गरेँ। आराम गर्दा केही समय निदाएँ, खासै असहज महसुस भएन। बहिराहरूप्रति गरिने सामाजिक विभेदको कारण मैले काठमाडौंका विभिन्न स्थानहरू रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि विभिन्न मितिमा मान्छे मारेको छु।

    मैले मारेको मान्छेहरूलाई म चिन्दिनँ। सबैलाई धारिलो हतियार प्रहरी गरी मारेको छु। मारेको मिति थाहा छैन। अनुसन्धान गर्ने काम प्रहरीको हो। रिसर्च भण्डारी मैले चिनेको साथी हो। अहिले धेरै समय भयो सम्पर्कमा छैन, त्यतिखेर मार्ने विषयमा कुरा भएको भए तापनि मारेको छैन। अलिस श्रेष्ठ मजस्तै बोल्न÷सुन्न नसक्ने बहिरा नागरिक हुन्। निजसँग तत्कालीन समयमा गाँजासम्बन्धी कुराकानी भएको भए तापनि कारोबार हुन पाएन।

    रिसव पौडेललाई उक्त म्यासेज तत्कालीन समयमा के कुन उद्देश्यले पठाएको हुँ, मलाई एकिन याद भएन, हाल खुलाउन सक्दिनँ। मेरो भन्नुपर्ने पूर्वबयान र प्रस्तुत थप बयानमा खुलाई लेखाएको छु। प्रस्तुत घटनामा मैले चारजनाको हत्या गरेपछि आराम गरिरहेको अवस्थामा घटनास्थलमा लाइट बाली आएका व्यक्तिलाई समेत हत्या गर्न पाएको भए यो घटना बाहिर आउँदैन थियो होला।

    निजले घटना सम्बन्धमा प्रहरीलाई खबर गरेको कारण प्रहरीले मलाई पक्राउ गर्न सफल भयो। यदी घटनापछि निज व्यक्ति घटनास्थलमा नआएको तथा निजलाई पनि मैले मार्न भ्याएको भए म सबै शवहरू व्यवस्थापन गर्न सफल हुन्थेजस्तो लाग्छ। लाइटको उज्यालो देखी मानिसहरूको जमघट हुन लागेको भ्रममा परी निजलाई नमारी भागेकोमा मलाई पश्चाताप छ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.