Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बालबालिकालाई मोबाइलमा भुल्न सिकाएकै कारण शैक्षिक गुणस्तरमा ह्रास आयो : अध्यक्ष महत

    बालबालिकालाई मोबाइलमा भुल्न सिकाएकै कारण शैक्षिक गुणस्तरमा ह्रास आयो : अध्यक्ष महत

    By सूचनापाना३ जेष्ठ २०८१, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले सैपुवासी नागरिकहरूलाई बाख्रा बेचेर बालबालिकाहरूका लागी मोबाइल नकिन्दिन आग्रह गरेका छन् । अध्यक्ष महतले लिखू तामाकोशी गाउँपालिका वडा नं. २ सैपुमा सञ्चालन भएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा जनताको सवालको जवाफ दिने क्रममा सैपुबासी अभिभावकलाई आफ्नो बालबालिकाको शिक्षामा जिम्मेवार हुन अनुरोध गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष महले भने- ‘अभिभावहरूले आफ्ना बालबालिकालाई मोबाइलमा भुल्न सिकाएकै कारण पनि शैक्षिक गुणस्तरमा ह्रास आएको हो । तपाईँहरू आफ्नो बालबालिकाको शैक्षिक गुणस्तरको चिन्ता गर्नुस् ।’

    SuchanaPana.com

    जनतालाई पालिका अध्यक्ष महतले कार्यक्रमको सुरुवातमै वडा भित्रका समस्या र आगामी बजेटमा समेट्न पर्ने योजनाहरूको बारेमा प्रष्ट सुझाव दिन भने पछि नागरिकले समस्या र सुझावको पोको दिल खोलेर पोखे । स्थानीय रत्नबहादुर दमाईले शिक्षाक्षेत्र सुधारका लागी गुणस्तरीय शिक्षक पठाउन आग्रह गरे। उनले पालिकाले शिक्षकहरूलाई पालिकाले बेलाबखतमा तालिम दिएर चनाखो बनाउन पनि सुझाए ।

    गाउँमा पालेको गोरु मरिसकेको र कैयौँले बेची सकेकोले पालिकाले दिने भनेको ट्याक्टर छिटो भन्दा छिटो उपलब्ध गराउन स्थानीय छविरमण निरौलाले अनुरोध गरे । यो वर्ष धान कोदो मकैको बिउ दिन पालिकाले केही ढिलो गरेकोले आगामी दिनमा सकेसम्म छिटो विउविजन उपलब्ध गराउन उने सुझाए ।

    पङ्खरको भिरबाट बालबालिका पढ्न आउने हुँदा त्यहाँको बाटो बनाउनलाई स्थानीय रेखबहादुर पौडेलले आग्रह गरे। दलित लक्षित कार्यक्रममा सुँगुरको पाठो किनेर दिन भन्दा क्षमता अभिवृद्धिमा ध्यान र्पुयाउन टङ्कराम मुग्रातीले सुझाव दिए । मुग्रातीले भने- ‘खुट्टाको नाप हेरेर जुत्ता बनाउने प्राविधिकलाई समाजले हेला र्गयो उपेक्षा र्गयो ।’ महिलाको गुनासो सुन्न उपाध्यक्ष नआएकोमा मिराकुमारी फुयाँल पौडेलले दुखेसो पोखिन् । उनले भनिन्- ‘हाम्रो गुनासो सुन्नकै लागी महिला प्रतिनिधिको रूपमा उपाध्यक्षज्यूलाई पालिका पठाएका थियौँ । तर उहाँ हाम्रो गुनासो सुन्न आउनु नै भएन ।’

    किसानको सवालको जवाफ दिँदै कृषि तथा पशु शाखा प्रमुख लोक फुयाँलले किसानलाई चाहिएको विउबिजन र पशु चौपायाको लागी चाहिने ओखती वडा मार्फत माग गरे समयमै उपलब्ध गराउने बताए । उनले छिटो भन्दा छिटो जोत्ने ट्याक्टर उपलब्ध गराउने र पहिले वितरण गरेको ट्र्याक्टरको बारे पनि अनुगमन गर्ने बताए ।

    किसानले उत्पादन गरेको अन्न नभई कोही कसैको जीवनयापन नहुने भएकोले कृषिमा लाग्न सैपुवासीलाई अध्यक्ष महतले आग्रह गरे। किसानको समस्या आफ्नो समस्या भएकोले समस्या समाधानकालागी अग्रपंक्तिका रहेर काम गर्ने बताए । विद्यालयको भौतिक सुधार लगायतको काममा पालिकाले मागे जति बजेट व्यवस्थापन गरेकोले शैक्षिक सुधारमा नागरिकले प्रश्न गरे विद्यालय जिम्मेवार रहने उनले बताए । उनले भन- ‘वडाको सर्वाङ्ग विकासका लागी वडाका नागरिक नताते सम्म समृद्ध सैपु बनाउन सकिँदैन । पहिलो कुरा जनता जागरूक हुन र्पयो। जनताले हामीले गरेको काम माथि प्रश्न गरी सुझाव समेत दिन र्पयो ।’

    कार्यक्रमको समापन गर्दै वडाध्यक्ष सन्तोष पौडेलले आफू जनताको कामदार भएकोले आफू कुल्ली बनेर काम गरिरहेको र आगामी दिनमा समेत काम गर्ने प्रतिबद्धता गरे।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.