काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा रहेका महामन्त्री डा.मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।
अब उनी पार्टीको साधारण सदस्यमात्रै रहनेछन् । केन्द्रीय कार्यालयमा जारी पार्टीको जारी केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो ।
यसअघि अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो । ढकाल पार्टी सभापति रवि लामिछानेको विरोध गर्दै आएका थिए ।
